देउवालाई सभापतिबाट फाल्न प्रकाशमानको घरमा पौडेल पक्षको भेला : हेर्नुहोस यस्तो भयो निर्णय।

२०७५ फाल्गुन २१, मंगलवार २०:२२ गते २०७५ फाल्गुन २१, मंगलवार २०:२२ गते २०७५ फाल्गुन २१, मंगलवार २०:२२ गते

नेपाली कांग्रेसका वर्तमान सभापति देउवालाई सभापतिबाट हटाउन पार्टिका बरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा विशेष बैठकबोलाईएको छ । कांगग्रेसमा आन्तरिक किचलोले तिब्रता लिईरहेको बेलामा पौडेलले यस्तो कदम चालेका हुन् ।

प्रमुख प्रतिपक्षी दल समेत रहेको कांग्रेस आफैँभित्र अलमलिरहेका कारण सरकारका कामहरुलाई समेत नियाल्न सकेको छैन् । विगत लामो समय देखि विवादि रहेको कांग्रेसको विद्यान गएसाता केन्द्रीय समिति बैठकबाट बहुमतको आधारमा पास भएपछि चर्किएको विवाद कायमै अहिले अझै चुलिदै जाँदा यस्तो समस्या सिर्जना भएको हो ।

आफूलाई लोकतन्त्रको मियो ठान्ने कांग्रेस पार्टीभित्रै लोकतन्त्रको अभ्यास खट्किएको छ । गुटगत राजनीतिकै कारण कमजोर बन्दै गएको कांग्रेसलाई बलियो बनाउने फर्मुला अझै फेला परेको छैन ।

आज पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको गुटगत भेला सम्पन्न भएको छ । नेता प्रकाशमान सिंहको निवासमा भएको छलफलमा सभापति शेरबहादुर देउवालाई कसरी ठिक पार्ने भन्ने विषयमा केन्द्रित थियो ।

बहुमत केन्द्रिय सदस्यको बलमा देउवाले निर्णयहरु गरेपछि पौडेल पक्ष अब के गर्ने भन्ने रणनीतिमा लागेको हो । आजको भेलामा पौडेलसहित महामन्त्री डा। शशांक कोइराला, कोषध्यक्ष सितादेवी यादवलगायतको सहभागि थियो । नेताहरुले सकेसम्म आगामी फागुनभित्रै महाधिवेशन गराएर देउवालाई फाल्ने उपायका बारेमा पनि छलफल गरेको बुझिएको छ । मंगलबारको बैठकमा छुट्टै गुट चलाइरहेका कृष्ण सिटौला भने उपस्थित थिएनन् ।

महासमिति बैठकको एजेण्डाविपरीत केन्द्रिय समितिले विधान संशोधन नगरी पुरानै शैलीमा विधान पास गरेपछि कांग्रेसभित्रको विवाद केन्द्रिय स्तरमा मात्र होइन तल्लो तहसम्म पुगेको छ । यति मात्र होइन पार्टीको भ्रातृसंगठन विघटन भएको यतिका दिन वितिसक्दा समेत पार्टीले कुनै निर्णय लिन नसक्दा नेता कार्यकर्ता निराश भएका छन् ।

केन्द्रीय समितीको बैठक चलिरहँदा पार्टी कार्याालयबाहिर नेविसंघका नेता कार्यकर्ताहरु आ–आफै हानाहान समेत गरे । चर्को विरोधका बावजुद पनि पार्र्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा विधान पास गरेपछि धेरै नेताहरु रुष्ट बनेका छन ।

पौडेल मात्र होइन, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी लगायतले त केन्द्रिय समितीको बैठकले गरेको निर्णयविरुद्ध फरक मत नै लेखेका थिए ।

कांग्रेसभित्र विधानमा केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने कि वडा तहबाटै निर्वाचित भएर आउने तथा आरक्षणमा दोहोरिन पाउने वा नपाउने भन्नेमा तिव्र विवाद थियो ।

पार्टी सभापति एकलौटी ढंगले अघि बढीरहे पार्टीले ठुलो मूल्य चुकाउनपर्ने भन्दै सभापति देउवालाई सचेत गराउँदै आएका छन् ।

निर्वाचनमा लज्जास्पद हार व्यहोरेका कांग्रेसले राष्ट्रिय राजनितिमा प्रतिपक्षीको भुमिका समेत राम्ररी निभाउन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।kaskionline

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *