हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीका अंगरक्षकको पेस्तोल दुर्घटनास्थलमै फेला पर्‍यो

२०७५ फाल्गुन २२, बुधबार १६:०५ गते २०७५ फाल्गुन २२, बुधबार १६:०५ गते २०७५ फाल्गुन २२, बुधबार १६:०५ गते

काठमाडौँ – गत बुधबार दिउँसो ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा मन्त्री अधिकारीसहित सात जना सवार एयर डाइनेष्टिकको हेलिकप्टर फुङलिङ नगरपालिका १० स्थित सिस्नेभीरको दाह्रेढुंगामा दुर्घटनामा भयो ।

उक्त दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको पेस्तोल खोज्नको लागि खटिएको नेपाली सेनाको टोलिले पेस्तोल फेला परेको छ।

यही फागुन १५ गते भएको सो दुर्घटना लगत्तै शव संकलन, पोष्टमार्टमपछि परिवारलाई शव बुझाउने काम भएको थियो भने सँगसँगै मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल पनि खोजी भइरहेको थियो ।

मंगलबार नेपाली सेनाको टोलिले घटनास्थलमा पुगेर खोजि गर्ने क्रममा घिमिरेले बोकेको नाइन एमएमको पेस्तोलसहित २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला पारेको बताइएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *