सभापतिविरुद्ध कांग्रेस शीर्ष नेताहरुको एक्कासी गोप्य भेला, देउवाको सभापति पद नै खुस्किने खतरा !

२०७५ फाल्गुन २३, बिहीबार १३:१९ गते २०७५ फाल्गुन २३, बिहीबार १३:१९ गते २०७५ फाल्गुन २३, बिहीबार १३:१९ गते

काठमाडौं। पार्टीको केन्द्रीय समिति बैठकबाट महासमिति बैठकको निर्णय उल्ट्याउने निर्णय कांग्रेस सभापति शेरबहादुर देउवालाई भारी पर्ने देखिएको छ । आफूलाई पार्टीभित्र शक्तिमा रहन सजिलो हुने ठानेर सभापति देउवाले गरेको यो निर्णयले उनको पार्टी सभापति पद नै खुस्किने खतरा बढेको छ ।

देउवाविरुद्ध उनको गुटबाहेकका सबै शीर्ष नेताहरुले मोर्चाबन्दी गरेका छन् । ती नेताहरुले देउवालाई काउन्टर दिन उनलाई सभापति पदबाटै विस्थापित गराउने कसरत थालेका छन्। पुसको अन्तिम साता बसेको कांग्रेस महासमिति बैठकले पार्टीभित्रबाट १ जना नेता एक पटक मात्र समानुपातिक सांसद बन्न पाउने र पार्टीको केन्द्रीय सदस्य बन्नका लागि वडाबाट नै निर्वाचित भएर आउनुपर्ने प्रावधान पारित गरेको थियो ।

महासमिति बैठकले पार्टीभित्रबाट १ जना नेता एक पटक मात्र समानुपातिक सांसद बन्न पाउने र पार्टीको केन्द्रीय सदस्य बन्नका लागि वडाबाट नै निर्वाचित भएर आउनुपर्ने प्रावधान पारित गरेको थियो।  तर, एक साताअघि बसेको केन्द्रीय समितिको बैठकले यी दुवै प्रावधानलाई उल्ट्याउँदै पुरानै व्यवस्था कायम गर्यो। केन्द्रीय समितिको यही निर्णयका विरुद्ध कांग्रेस शीर्ष नेताहरुले सभापतिविरुद्ध मोर्चाबन्दी गरेका हुन्।

कांग्रेसमा अहिले उपसभापतिसहित केही पदमा सभापतिले मनोनित गर्न पाउने व्यवस्था छ। यो व्यवस्था हुँदा सभापति देउवाले मनोनित गर्ने पदमा आफू अनुकूलका व्यक्तिहरुलाई ल्याएका थिए ।

यसरी मनोनित गरिएकाहरुको सहयोगमा अहिले केन्द्रीय समितिमा सभापति देउवाको बहुमत छ । यही बहुमतका आधारमा सभापतिले महासमिति बैठकको निर्णय उल्ट्याइ आफू अनुकूल व्यवस्था कायम गरेका थिए ।

केन्द्रीय समिति बैठकले बहुमतका आधारमा महासमिति बैठकको निर्णय उल्ट्याएपछि बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले तत्कालै ‘नोट अफ डिसेन्ट’ लेख्दै केन्द्रीय समितिको निर्णयमा असहमति जनाएका थिए। त्यसपनि सभापति देउवाले पुनः केन्द्रीय समिति बैठक बोलाए पनि असन्तुष्ट नेताहरुले उपस्थित नहुने जनाएपछि बैठक स्थगित भएको थियो ।

५६ जिल्लाका जिल्ला सभापतिहरुले केन्द्रीय समितिको निर्णय उल्ट्याइ महासमितिकै निर्णय कायम राख्न भन्दै त्यसो नगरिए विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका थिए

लगत्तै ५६ जिल्लाका जिल्ला सभापतिहरुले केन्द्रीय समितिको निर्णय उल्ट्याइ महासमितिकै निर्णय कायम राख्न भन्दै त्यसो नगरिए विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका थिए ।

कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिंह केसीका अनुसार पार्टीका २५ प्रतिशत जिल्ला सभापतिहरुले लिखित रुपमा विशेष महाधिवेशन बोलाउन माग गरे विशेष महाधिवेशन बोलाउनुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।

५६ जना सभापति झण्डै दुई तिहाइ नै हुन्छन् । यस्तो अवस्थामा कांग्रेसका शीर्ष नेताहरुले यही हतियार उपयोग गरी सभापति देउवालाई महाधिवेशनबाट सभापति पदबाटै विस्थापित गर्ने रणनीति बनाइरहेको बताइएको छ ।

५६ जना सभापति झण्डै दुई तिहाइ नै हुन्छन् । यस्तो अवस्थामा कांग्रेसका शीर्ष नेताहरुले यही हतियार उपयोग गरी सभापति देउवालाई महाधिवेशनबाट सभापति पदबाटै विस्थापित गर्ने रणनीति बनाइरहेको बताइएको छ

५६ जिल्ला सभापतिहरुले विशेष महाधिवेशन मागे सभापति देउवा महाधिवेशन गराउन बाध्य हुनेछन् । अहिले नै महाधिवेशन भएका देउवाले सभापतिमा जित्ने अवस्था छैन किनकि अहिले कोइराला, पौडेल र सिटौला गुट देउवाविरुद्ध एक ठाउँ छन् । कांग्रेसभित्र देउवाप्रति असन्तोष पनि ठूलो छ । यही अवस्थामा महाधिवेशन गरिएमा देउवा सभापतिमा टिक्न गाह्रो छ ।

अहिले देउवाको सभापति पदमा एक वर्ष कार्यकाल बाँकी छ र विधानअनुसार उनले थप १ वर्ष आफ्नो म्याद थप्न सक्छन् । यो अवधिमा पार्टीभित्र आफ्नो पकड बलियो बनाउने र अर्को महाधिवेशनमा आफैं सभापति बन्ने वा नसके पत्नी आरजुलाई शक्तिमा ल्याउने योजनामा रहेका देउवालाई अहिले नै महाधिवेशन गराउनुपरे पार्टीबाट पद र शक्ति दुवै गुमाउनुपर्ने खतरा छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed