पद होइन कामको आधारमा श्रमिकलाई सेवा सुविधा दिनुपर्छः श्रममन्त्री बिष्ट

२०७५ फाल्गुन ३०, बिहीबार १९:५७ गते २०७५ फाल्गुन ३०, बिहीबार १९:५७ गते २०७५ फाल्गुन ३०, बिहीबार १९:५७ गते

पद होइन कामको आधारमा श्रमिकलाई सेवा सुविधा दिनुपर्छः श्रममन्त्री बिष्ट

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले कामको आधारमा श्रमिकलाई सेवा सुविधा दिनु पर्ने बताएका छन्। बिहीबार राजधानिमा ग्रोथ सेलरले आयोजना गरेको १२ औँ एचआरमिट कार्यक्रम उद्घाटन गर्दै श्रममन्त्री बिष्टले पदको आधारमा नभई कामको आधारमा सेवा सुविधा दिनु पर्ने बताएका हुन्।

‘राम्रो काम गर्नेलाई हामी किन प्रोत्साहन गर्न सक्दैनौं’, मन्त्री बिष्टले भने, ‘शाखा अधिकृत सबैको एउटै तलब हुन्छ, उप–सचिवहरुको एउटै हुन्छ तर के ती सबैको बराबर उत्पादकत्व छ त?’

जनशक्तिलाई प्रविधिमैत्री बनाउनु पर्ने भन्दै जस्तोसुकै परिस्थितीको पनि सामना गर्नसक्ने हुनु पर्नेमा मन्त्री बिष्टले जोड दिए। उनले भने, ‘हाकिमले आफु मातहतका कर्मचारीको मुल्याङंकन गर्ने चलन छ, अब हाकिमको कामको मुल्याङंकन तल्लो तहका कर्मचारीले दोहोरो परिपाटीको विकास गर्न जरुरी छ।’

क्षमताको आधारमा मापन गर्ने र परिणामको आधारमा उसले सेवा प्राप्त गर्ने परिपाटीलाई एच आरको नयाँ सिराबाट विकास गर्न जरुरी भएको बताए।सन् २००८ बाट सुरु भएको एचआरमिटमा मानव संशाधनलाई विकास गर्न हरेक वर्ष नयाँ विषयमा छलफल हुने गरेको छ। विभिन्न कम्पनीका २ सय ७० जना सहभागी रहेको एचआरमिटमा मानव संशाधनको क्षमता विकास र सेवा प्रभावकारीताका विषयमा छलपफल भइरहेको ग्रोथसेलरका प्रमुख कार्यकारी निर्देशक मोहन ओझाले बताए।

यस वर्षको एचआरमिटमा मानव संशाधनमा प्रविधिको भूमिकाका विषयमा छलफल भइरहेको छ। एचआरमा प्रविधिको विकास, प्रविधिलाई एचआरले कसरी सदुपयोग गर्ने, एचआरलाई थप वैज्ञानिक तरिकाबाट कसरी अगाडि बढाउन सकिन्छ लगायत अन्तराष्ट्रिय प्रवृतिका विषय विज्ञहरुले सहजिकरण गरिरहेका छन्। आयोजक संस्था ग्रोथ सेलर पनि १२ औं वर्षमा प्रवेश गरेको छ।कार्यक्रममा घरमा स्वास्थ्य (हेल्थ एट होम)का प्रमुख कार्यकारी अधिकृत तथा फाउण्डर डा. विशाल ढकालले ‘पिपुल्स प्रेजुडाईस एण्ड पर्फमेन्स’ का बारेमा जानकारी गराए।

कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, प्राक्टिकल एक्सनका क्षेत्रीय निर्देशक अच्युत लुइटेल, डावर ग्रुपका नेपाल–बंगलादेश एच आर प्रकुल कुमार तथा गोल्छा अर्गनाइजेशनका एच आर प्रमुख नीता रानाले आफ्नो अनुभव सुनाए।कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed