कञ्चनपुर — निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज विष्ट र डीएसपी अंगुर जीसीलाई पक्रन जिल्ला अदालतले पुर्जी जारी गरेको छ । सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छुटेका छन् ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
जिल्ला अदालतले यातना र प्रमाण नष्ट गरेको (सार्वजनिक न्यायविरुद्धको कसुर) आरोप लागेका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र इन्स्पेक्टर एकीन्द्र खड्कालाई यातना कसुरमा ५ लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा ४ लाख गरी ९/९ लाख धरौटी लिएको छ ।
सार्वजनिक न्यायविरुद्धको कसुर लागेका तत्कालीन इन्स्पेक्टर जगदीश भट्टलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत कञ्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।
सार्वजनिक न्यायविरुद्धको कसुरमा तत्कालीन सईहरू हरिसिंह धामीलाई साढे ३ लाख, रामसिंह धामीलाई ३ लाख र प्रहरी हवल्दार चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी तोकिएको थियो । तीन दिनसम्म चलेको थुनछेक बहसपछि अदालतको उक्त आदेश आएको हो ।
अघिल्लो बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले निर्मला घटनासम्बद्ध यातना र सार्वजनिक न्यायविरुद्धको मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो ।
मुद्दा दायर भएसँगै तत्कालीन एसपी दिल्लीराज विष्ट र डीएसपी अंगुर जीसीबाहेक ६ जना अदालतमा उपस्थित भएका थिए । उपस्थित नभएका हकमा ७ दिने पक्राउ पुर्जी र ३५ दिने सूचना जारी भइसकेको अदालतले जनाएको छ ।
जताततै पाइने तितेपातीमा हुन्छ युरिक एसिड चट बनाउने गुण !
काठमाडौं, १ चैत । गाउँघरमा जताततै पाइने तितेपाती औषधीको काम मात्र होइन धार्मिक कार्यमा समेत उपयोगी हुने गरेको छ । बास्नादार यो खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ । गाउँघरमा तितेपातीलाई प्राय भेडा बाख्राको आहारको रुपमा प्रयोग गरिन्छ ।
तितेपाती नेपालको भुगोलअनुसार फरक–फरक ५–६ किसिमका पाइन्छन् । तर, सबै स्थानमा पाइने तीतेपातीको गुण र काम भने उस्तै हुन्छ । धेरै रोगको उपचार गर्न सहज तरिकाले पाइने हुँदा पनि यसको छुट्टै महत्व छ ।
तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ । कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ ।
यसबाहेक तितेपातीले औषधीको रुपमा यी काम गर्छ –
१. यदि पेटमा जुका परेको छ र तितेपाती खायो भने जुका नास गर्छ ।
२. युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ।
३. बाहिरी दूषित कीटाणुलाई नष्ट गर्छ ।
४. बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।
Views: 0