निर्मला हत्या प्रकरण : तत्कालीन एसपी विष्ट अदालतमा हाजिर

२०७५ चैत्र ५, मंगलवार १५:०४ गते २०७५ चैत्र ५, मंगलवार १५:०४ गते २०७५ चैत्र ५, मंगलवार १५:०४ गते

कञ्चनपुर । नेपाल प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेकाे भन्दै बर्खास्तीमा परेका विष्ट मंगलबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् ।

पीडित परिवारले हत्या घटनाको अनुसन्धनमा गम्भीर लापरबाही गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा बयान दिनका लागि विष्ट मंगलबार अदालतमा उपस्थित भएका हुन् । यसअघि उनलाई अदालतले फरारकाे सूचीमा राखेकाे थियाे । पीडित परिवारले विष्टसहित नेपाल प्रहरीका ८ जना बर्खास्त र निलम्बित कर्मचारीवरुद्ध मुद्दा दायर गरेको थियो जसमध्ये अन्य ६ जना निलम्बित प्रहरी कर्मचारीहरु धरौटी बुझाएर रिहा भइसकेका छन् ।

प्रमाण नष्ट गरेको तथा चरम यातना दिएको भन्दै निर्मलाकी आमा दुर्गादेवी र दिलिप विष्टका दाजु खड्ग विष्टले जिल्ला अदालत कञ्चनपुरमा एसपी विष्टसहित ८ प्रहरी अधिकारीविरुद्ध मुद्दा हालेका थिए ।

एसपी विष्ट, तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको थियाे । यसअघि गत फाुगन ३० गते यही प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाडेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *