स्नेह,करुणा र मिठास मिश्रित
रुवाइसँगै
जब एउटा शिशुको आगमन हुन्छ,
तब उसको अनन्त रुवाइको शिलशिला
शुरु हुन्छ।
एउटा शिशु
जसको आफ्नो
असहजता र आवश्यकतामा
रुवाइ नै अन्तिम बिकल्प हुन्छ।
जसले आफ्नो रुवाइबाट नै
आफ्नो जन्म दिने आमामाथी पनि
शासन गर्छ।
किन कि
हरेक जन्म दिने आमा
आफ्नो सन्तानको रुवाइमा
बिचलित हुन्छिन।
एउटा अबोध शिशु
समयक्रमसँगै
क्रमश कोल्टे फेर्न सिक्छ,
क्रमश घस्रीन सिक्छ,
यसरी नै
ताते ताते गर्दै हिड्न पनि सिक्छ,
समयको अन्तरालसँगै
दौड्न सक्ने जवान हुन्छ।
यसरी नै सांसारिक नियम अनुसार
उसको भागदौड शुरु हुन्छ।
हरेक भागदौडमा
उसले सबैलाई जित्न चाहन्छ,
अरुमाथी बिजय गर्न चाहन्छ।
तर,
बिबशताको पहाड नाघ्न नसकी
हार स्वीकार गर्नुपर्छ।
सधैं जीत मात्रै चाहने उ
हारमा रुन बिबश हुन्छ,
किन कि
रुवाइ नै अन्तिम बिकल्प हुन्छ।
सानो छँदा
हरेक असहजता र आवश्यकतामा
रोईदिने उसको निश्चल रुवाइ
समयक्रमसँगै
उसको जीबनमा अभिन्न भएर
उसँगै जोडिएर आउँछ।
उ त्याग होइन प्राप्ती चाहन्छ,
बिछोड होइन मिलन चाहन्छ,
दुख होइन सुख चाहन्छ।
तर अफशोच,
जरुर
मिलन पछि बिछोड आउँछ,
सुख पछि दुख आउँछ,
प्राप्ती पछि त्याग आउँछ।
सधैँ हाँस्न चाहने उ
जब दुख आउँछ
आफैसँग हारेर रोइदिन्छ,
त्यागमा रोइदिन्छ,
बिछोडमा रोइदिन्छ।
किन कि
रुवाइ नै अन्तिम बिकल्प हुन्छ।
हरेक मान्छे
परिस्थितीको चक्रब्युहमा
फसेपछी आफ्नो सपनाको
आफै दाह संस्कार गर्नुपर्दा
बिबश भइ रोइदिन्छ।
किन कि
रुवाइ नै अन्तिम बिकल्प हुन्छ।
मनु “विकल”
हाल:फाहुद,ओमान
Views: 0