आफ्नै बाबुले गरे २ छोराको हत्या बिभश हत्या ,,,,,,

२०७५ चैत्र १२, मंगलवार ११:४३ गते २०७५ चैत्र १२, मंगलवार ११:४३ गते २०७५ चैत्र १२, मंगलवार ११:४३ गते

काठमाडौँ: दुई जना झट्केला छोराको हत्या अभियोगमा बाबु पक्राउ परेका छन् । काठमाडौँको शान्तिनगरस्थित भवानी सापकोटाको घरमा बस्दै आएका २४ वर्षीय दिलिप यादवलाई दुईजना झट्केला छोराको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पत्नीको रिसले दिलिपले गत वैशाख ९ गते घाँटी कसेर झट्केला छोराहरु ८ वर्षीय सुशील सरदार र ६ वर्षीय सुजल सरदारको हत्या गरेको दिलिपले स्विकारेका छन् ।श्यामसुन्दर सरदारकी पत्नी सम्झना सुन्दासलाई उनले एक वर्षअघि आफ्नी पत्नी बनाएका थिए । त्यसक्रममा उनले श्यामसुन्दरतर्फका दुई छोरालाई पनि ल्याएका थिए ।तर उनले झट्केला छोराहरुमाथि कुटपिट गर्न थालेपछि सम्झनाले त्यसो नगर्न बताउँदै आएकी थिइन् ।

यसबीचमा सम्झना अलग्गै बस्न थालेकी थिइन् । कामको खोजीमा सम्झना बिराटनगर गएपछि उनले पटक पटक काठमाडौँ आउन भनेका थिए । तर उनी काठमाडौँ नआएको रिसमा दुवै झट्केला छोराको घाँटी कसेर हत्या गरेको तथ्य प्रहरीले फेला पारेको हो ।एक महिना अगाडी सम्झनालाई पटक पटक काठमाडौँ आउन भनेपछि उनी मानेकी थिइनन् । सम्झनाले काठमाडौँ आउन नमानेपछि दिलिपले छोराहरुको ज्यान लिने धम्की दिँदै आएको कुरा पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अपराध महाशाखाको दुई झट्केला छोराको हत्या अभियोगमा पक्राउ परेका दिलिपलाई आवश्यक कानुनी कारवाहीका लागि महानगरीय वृत्त बानेश्वर पठाइएको जानकारी दिएको छ।pathivaraonlineबाट साभार

यो पनि पढ्नुस

मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि

मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ ।मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृगौला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ ।

मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा ।

एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स-सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ ।यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।

?️मृगौला रोगीको डाइट चार्ट

के नखाने ?- मृगौला रोगीले मसलेदार, तारेको, बेकरी आइटम, नरिवल पानी, कोल्ड डि्रक सेवन गर्नु हुँदैन । साथै करेला, भिन्डी, बैगुन, पालक, मेथीको साग, मेवा, अंकुरित दाल, बेसन, पापड, अचार, बेकिङ पाउडर खान हुँदैन ।

?️कस्तो चिया पिउने ?

अदुवा र तुलसीको पात मिसाइएको चियामा थोरी मरिच, दालचिनी, सुकुमेल, अलैंची, तेजपत्ता, ज्वानो, ल्वाङको चूर्ण बनाएर बिहान बेलुकी पिउनुपर्छ । यसमा चिया भने हाल्नु हुँदैन ।

?️ खाना

सुख्खा रोटी सेवन गर्नुपर्छ । यसमा घिउ तथा तेल लगाइएको हुनुहुँदैन । मकै, जौंको सातु सेवन गर्न सकिन्छ । मुला, गाजर, सखरखण्ड जस्ता जमिन मुनी फल्ने र लौका, पत्ता गोभी, परवल जस्ता सब्जी उपयुक्त हुन्छ । कांक्रा, गाजर, मुला, प्याजको सलाद बनाएर सेवन गर्न सकिन्छ ।

?️ किन हुन्छ मृगौला खराब ?

– अस्वस्थ्यकर जीवनशैली ।

– कम पानी पिउनु ।

– धुमपान एवं मदिरापान

– लामो समय पिसाब च्यापेर बस्नु । बिहान उठ्नसाथ पिसाब नफेर्नु ।

– नुनको अधिक सेवन ।

– उच्च रक्तचापको उपचारमा लापरवाही ।

– धेरै मात्रामा पेन किलर लिन ।

तपार्इलार्इ यो पोष्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरेमा जानकारी शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *