येतिबेला बाबुराम भट्टराईले केही समय अगाडि बोलेको कुरा सामाजिक सन्जालमा भाइरल छ। बाबुराम भट्टराईको दाबी नै छ कि प्रचन्डले मात्र Ncell प्रकरणमा २० अर्ब खाएका छन। पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले माओवादी पार्टी छाड्नुको कारण त्यहाँ व्याप्त भ्रष्टाचार रहेको खुलासा गरेका छन् । भ्रष्टाचार पनि अरू कसैले नभएर स्वयं प्रचण्डले गरेको भट्टराईको दाबी छ ।
त्कालीन माओवादी पार्टी अध्यक्ष प्रचण्डले माओवादीका लडाकुका निम्ति राज्यबाट गएको करिब २० अर्ब रकम भ्रष्टाचार गरेको डा. भट्टराईको गम्भीर आरोप छ । प्रचण्डले सो रकम पचाउनका लागि विदेशी प्रभु गुहारेको आरोपसमेत भट्टराईले लगाएका छन् । यसैगरी, प्रचण्डले ७०० हतियार विदेशी दलाललाई बेच्न लागेको, तर आफूले सो हुन नदिएकोसमेत डा. भट्टराईले खुलासा गरेका छन् ।
लामो समयसम्म प्रचण्डसँग सहकार्य गरेका र मुलुकको प्रधानमन्त्री भइसकेका भट्टराईले दिएको अभिव्यक्तिलाई ‘एकजना पूर्वमाओवादी’को सामान्य आक्रोशका रूपमा मात्रै लिनु किमार्थ उचित हुँदैन । कुनै सामान्य लडाकु वा कार्यकर्ताले लगाएको आरोप थियो भने त्यसलाई आक्रोशको अभिव्यक्ति मान्न सकिन्थ्यो होला । तर, पूर्वप्रधानमन्त्री भट्टराईजत्तिको ‘हेभीवेट’बाट आएको अभिव्यक्तिलाई आमसर्वसाधारणले कुन रूपमा बुझ्ने ? भिडियो:बाबुराम भट्टराईको यो खुलासाले धेरै कुरा बोलेको छ तर कानुनलाइ केही नेताले आफ्नो हातमा लिएको देखिन्च। । बाबुराम भट्टराईको यो कुरालाइ सबैले गहिरिएर मनन गरेर के सत्य हो पत्ता लगाई भ्रष्ट लाई कानुनको कठघरामा उभ्याउन सक्नुपर्दछ।
Views: 0