काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीयदलको बैठकलाई आज सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।’वहाँहरु सहमतिमा आए ठिकै छ । नत्रविप्लव समुहका अतिवादी क्रियाकलाप चैत भित्रै सरकारले नियन्त्रण गर्छ प्रधानमन्त्री ओलीले भने विकास निर्माणमा अवरोध,शिक्षा स्वास्थ्यमा अवरोध गर्ने ,चन्दा माग्ने,मान्छे मार्ने अनि हंसियाहथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै । प्रधानमन्त्री ओलीले संसदको हिंउदे अधिवेशन सकिएकोले साँसदलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिएका छन् । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामको बारेमा प्रचार गर्न रविपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न साँसदलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ‘।तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस । सरकारले गरेका कामको प्रचार गर्नुहोस । जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ । त्यसको खण्डन गर्नुहोस । सत्य कुरा भन्नुहोस । जनताका कुरा सुन्नुहोस । आगामीबर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस प्रधानमन्त्री ओलीले साँसदसँग भने जनताले सोधेका हरेक कुराको जवाफनम्र ढंगले दिनुहोस’ ।
नेकपाका संसदीयदलका नेता र एवं पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीयतहको पार्टी एकताको बारेमाजनताले साँसदसँग धेरै प्रश्न सोध्न सक्ने बताएका छन् । तर अब पार्टी एकताकालागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । केन्द्रमा एकिकरण भएको महिना दिनभित्रै सबै कमिटीको एकता सकिनु पथ्र्योयसमा अनावश्यक विलम्ब भएको छ प्रधानमन्त्री ओलीले भने तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै एकताका सबै काम टुंगिन्छन् ।
‘प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढीरहेको बताएका छन् । नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको बताएका छन् । देशमा नेकपा जस्तो स्पष्ट नीति,लक्ष्यभएको अर्को पार्टी छैन । हाम्रो स्पष्ट लक्ष्य छ समृद्धि सहितका सुखी नेपाली प्रधानमन्त्री ओलीले भने यहीलक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ’ ।
Views: 0