पोखरा महानगरका एक कर्मचारी घुस लिदै गर्दा रंगेहात फेला परेका छन । घुस मागेको भन्ने बिषयमा पोखराका एक सेवाग्राहीको सुचना आएपछी गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले ति कर्मचारी माथी ‘स्टिङ अपरेशन’ गरेको थियो । अपरेशन पश्चात महानगरका भिमराज शाही रंगेहात फेला परेका हुन । गण्डकी छड्केले जुटाएका सम्पुर्ण प्रमाणहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा बुझाइएको छ । अख्तियारले उनलाई पक्राउ गरी म्याद थप गरी थप अनुसन्धान गरीरहेको छ ।
पोखराका एक सेवाग्राहीको काम गरीदिने भन्दै उनले ६ हजार रुपैया घुस मागेका थिए । घुस रकम सानो देखिएपनी फाइल खोजिदिएको बापत मात्रै ६ हजार माग्नु सानो रकम थिएन । रंगेहात फेला परेपछी उनले एक दिनमा ५० वटा फाइलहरु खोज्ने गरेको बताएका छन । गण्डकी टेलिभिजनका लागी अपिल त्रिपाठीले संचालन गर्ने गण्डकी छड्केको बिशेष ‘स्टिङ अपरेशन’ तलको भिडियोमा हर्नुहोस
माटोको ढिस्कोले पुरिएर एक युवतीको गयो ज्यान
डडेल्धुरामा माटोको ढिस्को खस्दा पुरिएर एक युवतीको ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका–२ कुजाकोटका २० वर्षीया कृष्णा देउवाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यलय डडेल्धुराका अनुसार माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर उनको मृत्यु भएको हो ।
बिहीबार घर लिपपोत गर्ने रातोमाटो खन्ने क्रममा ढिस्को खसेर कृष्णा पुरिएकी थिइन्। उनको डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी ले जनाएको छ ।
माटो खन्नको लागि गाउँका अन्य महिलाहरु पनि गएको तर उनीहरु टाढा रहकाले अरुलाई कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुस
जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।
अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।
सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।
पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।
यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्माको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।
त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।
आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी
११ चैत / रुखबाट लडेर हड्डी भांचियो, वा घरमै भित्रबाहिर गर्दा हात खुट्टा मर्कियो, वा दुर्घटनामा परेर हाड जोर्निको समस्या देखियो’, यस्तो अवस्थामा जिल्लामा हाड जोर्निको जडिबुटि खुवाएर तथा काप्रो बाध्ने गरेर पनि सन्चो गराउन नाम चलेको नाम हो जसपुरे बैद्य ।
अधिकांशले उनलाइ जसपुरे बैद्य भनेर चिन्ने गरेको भएपनि तुलसीपुर– नगरपालिका साविकको उरहरी ४ जसपुरमा बस्ने उनको खास नाम भने टेकबहादुर डाँगी हो ।
हाड जोर्निको दिर्घकालिन समस्या भएका व्याक्तिहरु पश्चिम महांकालि तथा पुर्व विराटनगरदेखि पनि आउने गरेको उनी बताउंछन् ।
दुर्घटनामा परेर शरीरमा बाहिरी घाउ समेत लागेको अवस्थामा भने उनले आफुले उपचार गर्न नसक्ने भन्दै विरामीलाइ सहजै रुपमा अन्यत्र सुविधा सम्पन्न अस्पतालमा जान सल्लाह दिन्छन् ।
‘एक्सरे हेरेपछि मात्रै मैले सक्ने नसक्ने भन्ने विषयमा विरामीलाइ सल्लाह दिन्छु, सहज अवस्थामा काप्रो बांधेर जडिबुटि खुवाएर जोडिने अवस्थामा मात्रै मैले उपचार गर्न सुरु गर्छु, अन्यथा अन्यत्र जान सल्लाह दिन्छु’—हाडजोर्निका बैद्य डांगीले भने ।
उनले फुटेको हड्डिीलाइ यथास्थानमा ल्याएपछि जोडिने अवस्थामा मात्रै विरामीको उपचार थाल्ने गरेको पनि बताए । त्यसो त उनले कुनै पनि उपचारको मुल्य भने तोकेका छैनन् । आफ्नो इच्छा अनुसार रकम दिए आफुलाइ मान्य हुने उनले बताए ।
‘भांचिएको खण्डमा पहिलो चरणमा दप्तिको आधार बनाइ व्याण्डेज गर्ने र विरामीलाइ हाड जोडिने जडिबुडि तोकिएको मात्रामा दिने गरेको छुं, त्यसले प्राय सयमा नव्वे विरामीको हाड जोडिएको छ, शुल्क चांहि मैले कहिल्लै तोकिन’—डांगीले भने ।
उनले भांचिएको हाड व्याण्डेज गरेको अवस्थामा विरामीहरुले आफ्नो आर्थिक अवस्था हेरेर हजार रुपैया सम्म पनि दिने गरेको बताए, तर त्यो तोकिएको मोल भने होइन । कतिपयलाइ उनले निशुल्क तथा न्युन पारीश्रमिकमा समेत उपचार गर्ने गरेको बताए ।
तर उनलाइ अघिल्लो केहि बर्ष अघि विनोद थापाले नसकेका विरामी पनि जसपुरमा आउंछन भनेर दाङको एउटा पनिकाले छापेको समाचारले भने धेरै खल्लो बनायो ।
त्यसै प्रशंग जोड्दै उनले भने—‘त्यस्तो खवर तपाइको पत्रिकामा नलेखिदिनुहोलाइ है, मैले नसक्ने विरामीलाइ जहिल्लै पनि नेपालगन्ज विनोद थापा र गोपाल सागर डिसि कहां जान सल्लाह दिन्छु, डा. विनोद थापा र डा. गोपाल सागर डिसि जस्तो विषेशज्ञ म कहिल्लै हुन सक्दैन ।
’ उनले आफुले गर्न सक्ने उपचारमा मात्रै हातहाल्ने बताउंदै आफुले नसक्नेगरी भांचिएका हाडजोर्निको उपचार गर्न अन्यत्र पठाउने गरेको समेत स्पष्ट पारे ।
उनलाई गाउका वैध्यवा भन्नेर पनि परिचत भएका छन । आवस्यक परेको र अशक्त विरामी भएको अवस्थामा उनी तुलीपुर नगरपालिकामा समेत उपचार गर्न आउन भ्याउंछन् । तर, उनले भने, अशक्त, अपांग, बृद्धबृद्धा लगायतका विरामीकालागी मात्रै घर छाडेर उपचार गर्न जाने गरेको छु ।’
त्यसमा उनले अतिरिक्त शुल्क नलिने पनि बताए । कुनै दुर्घटना होस वा भब्यतब्य घटननामा हात खुटा भाचीएको देखी समान्य सुनियका आडजोडिनिका विरामीहरु उरहरीको जसपुरमा आउने गरेका छन । दाङमात्र हैन नेपालका विभीन्न क्षेत्रवाट हाडर्जोडनीको समस्या भएका विरामीहरु उरहरी ४ जसपुरमा रहेका डाँगी कहा आउने गरेका छन ।
सामान्य मर्केको देखी हात खुटा भाचीएकाहरु वैद्यवा काहा आउने गरेका छन । सामान्य शुल्क तथा जडिवुटिवाट उनले हाडर्जोडनी भाचीएकाहरुलाई निको पार्ने गरेका छन् । सामान्य लेख पढ गर्ने जानेका डाँगीले हात खुटा भाचीएमा काव्रीलगायर जडिवुटिवाट विरामीहरुलाई सन्चो वनाउने गरेको वताउछन् ।
करिव ६ दर्शक नागेका डाँगीले १७ वर्षको उमेर देखी हाडर्जोडनि सम्वन्धी अनुभव वटुलेको वताए । डाँगीले भने –‘मैले कुनै ठुलो तालिम लिएको छैन्न यो काम १७ वर्षको उमेरदेखी काम गदै आएको छु ।’त्यसै गरी वैद्य वाले पहाडवाट हाल जडिवुटि ल्यायर औषधी दिने गरेको वताए ।
उनले औषधिपनि १० दिनको लागी दिने र ७ दिनमा फेरी फलोअपकालागी विरामी वोलाउने गरेको वताए । वैद्यले २ जना जडिवुटिल्याउने मानिस समेत राखेको वताए । उनले जडिवुटि जंगलमा हाल यही पाइने गरेको वताए । वैद्य डाँगीले भने –‘मलाई यो जडिवुटि सपनामा भगवानले दिएका हुन यही वुटिले हाल विरामी सन्चो भएको छ ।’
वैद्यलाई देखाउन उनकै घरमा दैनीक एकदर्जन वढी विरामीहरु आउने गरेका छन । उपचारका लागी वैद्य काहा हाडजोडिनि विशेषज्ञले समेत विरामी पठाउने गरेका छन । ‘मैले यहा वाट विरामी आउछन भन्ने भन्दापनि तपाई हरुले सोधनुहोस मैले आफनो वारेमा आफै भन्न मिल्दैन’ डाँगीले भने ।
त्यसै गरी धेरै सिरीयस केस आएमा नेपालगंञ्ज समेत पठाउने गरेको उनले वताए । त्यसै गरी उनले उपचार गरेको पैसापनि तोकेर लिने नगरेको वताए । विरामीको खुसिले जति दिन्छ त्यतीनै लिने गरेको छु । कोही मैसानहुनेलाई निसुल्क पनि उपचार गरेर पठाउने गरेको वैध्य भनाई छ ।
त्यसै गरी डाँगीले आफुले उपचार गरेको विरामी पूर्ण रुपमा सन्चो हुने भन्दै कहिले काही नराम्रो हुनेहोकि भन्ने चिन्ता लाग्ने गरेका उनको भनाई छ । उनले उपचारका लागी घरमा पनि जाने गरेको वताएका छन ।
वैध्य डाँगीले भने–‘सवैको घरमा जान सम्भव छैन केही वुढा असक्तले वोलाएमा जाने गरेको छु ।’ उनले हाल हाडजोडनि भाचीएका हरु लाई एक्सरे गरेर आउने गरेको र एक्सरे हेरेर उपचार गर्ने गरेको वताए ।
Views: 0