साथीको अगाडि श्रीमतीले नाच्न नमान्दा श्रीमानले केश मुण्डन गरिदिए

२०७५ चैत्र २३, शनिबार ०८:४० गते २०७५ चैत्र २३, शनिबार ०८:४० गते २०७५ चैत्र २३, शनिबार ०८:४० गते

भनिन्छ श्रीमान श्रीमती एकै रथको दुई पाङग्रा हुन् श्रीमती श्रीमानको लागि अपार प्रेमकी खानी हुन् त श्रीमान श्रीमतीको आधार र सुुरक्षा कवच हुन् । तर भर दिने रक्षक श्रीमाननै जव भक्षक भइदिन्छन् तव चारैतिर निराशा मात्र छाउन थाल्छ ।


यस्तै भयदियो पाकिस्तानकी आस्मा अजिजलाई जव श्रीमानले आफ्ना साथीहरुको अगाडि श्रीमती नाच्न नमानेको आरोपमा कुट पिट गर्दै कपाल खौरिदिए । घटना त्यतीबेला सार्बजनिक भयो जव आस्माको केश मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो । जुन भिडियोले धेरैको नजर तान्याे। आस्माले प्रहरीमा दिएको उजुरी अनुसार त्यसदिन आस्माका श्रीमान मिआनले घरमा आफ्ना साथीहरुलाई बोलाएका थिए ।खानपान पछि श्रीमान मिआनले श्रीमती आस्मालाई साथीहरुको अगाडि नाच्न लगाए तर आस्माले नाच्न अप्ठेराे लागेर अस्विकार गरिन्।नाच्न नमानेको भन्दै साथीहरुको बिदाइपछि मिआनले आस्मालाई आफ्नो कामदार रसिदको अगाडि आस्माको कपडा खोलेर नाङ्गै बनाई पाएपले निर्घात कुटपिट गरे ।

कुटपिटपछि पनि मिआनको रिस मरेन आस्मा थप्छिन् -‘उसले मेरो पुरै कपाल खौरिदियो र पङ्खामा झुण्ड्याइदिने धम्की दिइरह्यो । म रक्ताम्ये कपडाले लाज ढाकेर उभिइरहें ।’
भिडियो बाहिरिएपछि चौतर्फी यस घटनाको आलोचना बढेको छ र आस्माका पति मिआन र उनलाई सघाउने रसिद अलीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *