मलाई विश्वले नोबेल शान्ति पुरस्कार दिनुपर्छ : अध्यक्ष प्रचण्ड

२०७५ चैत्र २४, आईतवार १७:३४ गते २०७५ चैत्र २४, आईतवार १७:३४ गते २०७५ चैत्र २४, आईतवार १७:३४ गते

काठमाडौ । नेपालले विश्व समुदायका लागि शान्तिका लागि ठुलो उदाहारण दिएको ब्याख्या बेलाबेलामा हुने गर्दछ । योबीचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले आफ्ना लागि मुख खोल्नु भएको छ ।उहाँले तत्कालीन माओवादी र नेपाल सरकारबीच शान्ति–सम्झौता भएको घटनामा नोबेल शान्ति पुरस्कार दिइनुपर्ने दावी गर्नुभएको छ । यो भन्दा पहिले प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ भन्दै केही व्यक्तिहरुले माग पनि गरेका थिए ।

राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले शान्ति–सम्झौतामार्फत् सेना समायोजन र हतियार व्यवस्थापन गरिएकाले संक्रमणकालीन न्यायलाई पनि चाँडै नै टुंगो लगाइने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘जनतालाई न कुनै पार्टी न त कुनै पार्टीको एजेन्डासँग सरोकार छ । उनीहरुले देशमा सरकारात्मक परिवर्तन चाहेका छन् ।’

यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकासका लागि नयाँ ‘मोडल’ आवश्यक रहेको भन्दै सरकारले आर्थिक विकासमामात्र नभइ आर्थिक र समाजिक दुवैको क्षेत्रको विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । यसरी हेर्दा नोबेल शान्ति पुरस्कारका लागि प्रचण्ड स्वयम नै इच्छुक भएको आंकलन सुरु भएको छ ।पछिल्ला दिनहरुमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने आवाज उठेपछि उहाँले आफु यसका लागि योग्य नभएको जनाउँनु भएको थियो । खानले कश्मीर समस्यालाई समाधान गर्ने व्यक्ति नै यो सम्मानको हकदार भएको बताउँनु भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *