६१ बर्षमा ६२ उपन्यास : ५२ लाखको स्कारपियो हाँक्ने उपन्यासकारको आफ्नै संसार !

२०७६ बैशाख ११, बुधबार ०८:३५ गते २०७६ बैशाख ११, बुधबार ०८:३५ गते २०७६ बैशाख ११, बुधबार ०८:३५ गते

काठमाडौं । पछिल्लो समय नेपाली साहित्यले नयाँ उचाई लिएको छ । यो बिचमा रातो टीका तथा सिन्दूर आन्दोलनका प्रणेता ६१ बर्षकी जवान अग्रज साहित्यकार पुष्पलता आचार्यको ६२ औं कृति प्रकाशित भएको छ । उहाँको आफ्नै संसार नामक सामाजिक उपन्यासको प्रकाशन भएको हो । नेपाली समाजमा नयाँ सोचको धारवाट सिर्जना भएको उपन्यासकार पुष्पलता आचार्यको नविनतम आधुनिक पुस्ताको सर्वोत्तम उपन्यासको रुपमा आफ्नै संसार प्रकाशित भएको हो ।

जसमा उपन्यासकार पुष्पलता आफै पात्रको रुपमा उपन्यासमा देखिनु भएको छ । ५२ लाखको स्कारपियो गाडी हाँकेर प्राय यात्रामा हिंडिरहने अनवरत यात्री पुष्पलता आचार्यको त्यसरी हुइँकिने क्रममा चितवनको मुग्लिनमा गाडीमा अचानक ठोक्किन आउने व्यक्तिसँगको साक्षात्कार पछि उर्लेको भावना तथा साहित्यिक तरंगको छालमा सिर्जना भएको सामाजिक उपन्यास आफ्नै संसार पुष्पलताको नारी भावनाको उत्तार–चढावको एक फरक मिलन भएको बुझाई रहेको छ ।नारी मनभित्रको ज्वारभाटाहरु सागरको पिंधमा जस्तै उथलपुथल हुनुको अलावा विपरित लिङ्गप्रतिको आकर्षण अनि त्यसलाई दबाउन खोज्दाको उकुसमुकुसलाई उपन्यासको रुपमा प्रस्तुत गर्ने कार्य आफूले गरेको जिकिर उपन्यासकार पुष्पलता आचार्यको रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *