नेपाल मेडिकल कलेजका चिकित्सकको यो सफलताले विश्व चकित !

२०७६ बैशाख ११, बुधबार २२:२३ गते २०७६ बैशाख ११, बुधबार २२:२३ गते २०७६ बैशाख ११, बुधबार २२:२३ गते

काठमाडौ । नेपालका अस्पताल र चिकित्सकहरुपनि निक्कै सफल बन्न थालेका छन् । राजधानी काठमाडौको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजले यस्तै एउटा सफलता प्राप्त गरेर विश्वकै ध्यान तानेको छ । बन्द रहेको मुखको जटिल शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेर नेपालमापनि असम्भव जस्ता जटिल समस्यापनि सम्भव बनाउन दक्ष चिकित्सक छन् भन्ने देखिएको छ । बरिष्ठ दन्तरोग विशेज्ञ डा. निरज पन्तको टोलीले काभ्रेकी १९ वर्षीया निशा राना मगरको मुखको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

काभ्रेकी निशा राना मगरको ११ वर्ष अगाडि साथीसँत खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लागेको थियो । लामो समयको उपचारपछि निशाको घाउ ठीक भएपनि खाने मुख बन्द हुँदै गएको थियो । जसका कारण उनको परिवारले थप उपचारका लागि थुप्रै अस्पताल चहारेपनि समस्या समाधान भएको थिएन । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बरिष्ठ दन्तरोग विशेज्ञ डा निरज पन्तको टोलीले उपचार सुरु गरेपछि निशा बोल्न तथा सामान्य खानेकुरा खाने अवस्थामा रहेकी छिन् ।

यो सल्यक्रियामा निशाको उपचारमा डा. निरज पन्त, डा. कुशल बिम्व, डा. अन्जनी भट्टराई र डा. सुमित कुमार सिंह संलग्न रहेका थिए । निशाको उपचारमा संलग्न चिकित्सक दन्तरोग विशेषज्ञ डा निरज पन्तका अनुसार ट्रमाका कारण निशाको मुख बन्द हुँदै गएको थियो । जसका कारण उनी बोल्न तथा खानेकुराहरु निल्न नसक्ने अवस्थामा पुगेकी थिइन् ।चिकित्सकीय भाषामा यङ्कायोलोसिस भनिने यस्तो दुर्लभ समस्याको नेपालमा सहज समाधान गर्न सक्नु चुनौतीपूर्ण भएको डा. पन्त बताउँछन् । ‘ट्रमाले गर्दा मुख बन्द भएका कारण अस्पताल ल्याउँदासम्म पनि निशाको मुख खुल्दैन थियो । भित्रभित्र आवाज चाहीँ आउँथ्यो । खानेकुरामा पनि झोलमात्रै निल्न सक्ने हुदाँ खानेकुराको स्वाद थाहा पाउन सम्भव पनि थिएन ।’ उनले भने । निशाको सोमबार शल्यक्रिया गरिएको थियो । उनको स्वास्थय अवस्था हाल सुधारोन्मुख रहेको छ । निशा अहिले बोल्न तथा सामान्य खानेकुरा खान सक्ने भएकी छिन् ।

शल्यक्रिया पश्चात्त नयाँ जीवन पाएकोमा अहिले निशा निकै दङ्ग छिन् । निशालाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिसकेको अस्पतालले जनाएको छ ।

काभ्रेकी निशा राना मगरको ११ वर्ष अगाडि साथीसँग खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लागेको थियो । लामो समयको उपचार पछि घाउ ठीक त भयो तर उनको मुख क्रमश बन्द हुँदै गयो । हाल निसा १९ वर्षकी भइन् । उनको परिवारले धेरै अस्पतालहरु धाए पनिसमस्या समाधान हुने कुनै आधार देखिएन । अन्ततः निशाको परिवारले उनलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेज लगे । जहाँ बरिष्ठ दन्तरोग विशेज्ञ डा। निरज पन्तको टोलीले उनको उपचार सुरु गर्‍यो ।

ट्रमाको समस्याले गर्दा क्रमश बन्द हुदै गएको मुख बोल्न र खानेकुराहरु निल्न नसक्ने अवस्थामा पुगेको थियो । चिकित्सकीय भाषामा त्यस्तो समस्यालाई यङ्कायोलोसिस भनिन्छ । दुर्लभ रुपमा हुने यस्तो समस्याको नेपालमा सहज समाधान गर्न सक्नु चुनौतीको विषय भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । डा.पन्तका अनुसार उनको मुख खुल्दैन थियो । भित्रभित्र आवाज आउथ्यो । खानेकुराहरु झोलमात्रै निल्न सक्ने अवस्था थियो । खानेकुराको स्वाद थाहा पाउनु त सम्भवनै थिएन । उनको सोमबार सफलता पूर्वक शल्यक्रिया गरिएको छ । यसलाई अस्पताललेपनि निक्कै ठूलो सफलता प्राप्त गरेको ठानेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *