दिमागको अनुवाद गर्ने डिभाइस

२०७६ बैशाख १३, शुक्रबार १३:५० गते २०७६ बैशाख १३, शुक्रबार १३:५० गते २०७६ बैशाख १३, शुक्रबार १३:५० गते

वैज्ञानिकहरूले दिमागका संकेतहरूको अध्ययन गरी तिनको अनुवाद गर्न सक्ने डिभाइसको विकास गरेका छन् । बोल्न सक्ने क्षमता ह्रास भएकाहरूका लागि उनीहरूलाई बोल्न लगाउने गरी यो डिभाइसको विकास गरिएको हो । दिमाग बोल्दा कसरी बोल्ने गर्छ त्यसको अध्ययन गरेर यो डिभाइसको विकास गरिएको छ । दिमाग उत्पन्न हुने संकेतलाई संश्लेषण गरी भाषाको अनुवाद गर्न सक्छ ।यो मेसिनको परिक्षण पाँच स्वयम्सेवीहरूको सहयोगमा गरिएको छ । जसको दिमागमा इलेक्ट्रोड लगाइएको थियो त्यसको दिमागलाई पढेर यसको अध्ययन गरियो । यो मेसिनले प्रतिमिनेट १५० शब्द बोल्न सक्छ । यो परीक्षण क्यालिफोर्निया युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेका छन् । यो डिभाइसले शरीरका अंगहरूको गतिविधिको अध्ययन गर्छ । बोल्दा घाँटी, अनुहार, ओठ, जिब्रो, स्वर नलीजस्ता अंगको गतिविधिलाई अध्ययन गर्छ । त्यस संकेतलाई भाषामा अनुवाद गर्छ अनि बोल्छ ।वैज्ञानिकहरूका अनुसार सामान्यरूपले बोल्दा मानिसका १०० भन्दा बढी अनुहारका मांशपेशीमा गतिविधि उत्पन्न हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *