मेसिनमा दुई रुपैयाँ हालेपछि खस्छ सेनिटरी प्याड

२०७६ बैशाख १७, मंगलवार ०६:५५ गते २०७६ बैशाख १७, मंगलवार ०६:५५ गते २०७६ बैशाख १७, मंगलवार ०६:५५ गते

तनहुँ : स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका वेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्छ। धेरैले पढाइ नै छुटाउँछन्। अचानक महिनावारी भइहाल्यो भने ‘सेनेटरी प्याड’ सहज रूपमा नपाइनाले छात्रा पढाइ छाड्छन्।

यहाँसम्म कि ४÷५ दिन घरमै बस्नुपर्ने अवस्था आउने आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्यनरत छात्रा अस्मिता अधिकारी बताउँछिन्। कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार विद्यार्थी संख्याको ८० प्रतिशत छात्रा अध्ययन गर्ने तनहुँ व्यास नगरपालिका १ भाउँगाउँको आदिकवि भानुभक्त क्याम्पसमा पनि यस्तै समस्या देखिन थालेपछि ‘सेनेटरी न्याप्किन प्याड भेन्डिङ’ मेसिन जडान गरिएको छ।

विभिन्न संघसंस्थाको सहयोगमा आधुनिक सेनेटरी न्याप्किन भेन्डिङ मेसिन जडान गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले बताए। ‘क्याम्पसमा दुई हजार तीनसय हाराहारी विद्यार्थीमध्ये एक हजार ६ सयजति छात्रा छन्’, उनले भने, ‘अधिकांशले महिनावारीका वेला पढाइ छुटाउने गरेका छन्। उक्त मेसिनमा दुई रुपैयाँको सिक्का हालेपछिसेनिटरी न्याड निकाल्ने व्यवस्था मिलाइएको क्याम्पसकी सहप्राध्यापक कल्पना लम्सालले बताइन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *