भारतको पूर्वी तटतिर बढ्दै समुद्री आँधी फानी, नेपालमा पनि प्रभाव पर्नसक्ने

२०७६ बैशाख २०, शुक्रबार १०:१४ गते २०७६ बैशाख २०, शुक्रबार १०:१४ गते २०७६ बैशाख २०, शुक्रबार १०:१४ गते

काठमाडौं– शक्तिशाली समुद्री आँधी फानीले भारतको तटवर्ती राज्य ओडिशामा आज शुक्रबार प्रहार गर्दैछ।बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २ सय किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ।आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ। भारतको मौसम विभागका अनुसार स्थानीय समयानुसार मध्याह्न १२ बजेभित्र फानीले ओडिशाको पुरीमा हान्नेछ।फानीको सम्भावित मार्गमा पर्ने स्थानबाट झन्डै आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिँदै गरेको अधिकारीहरूले बताएका छन्।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ।ओडिसाको तटीय क्षेत्रमा बिहीवार रातिदेखि विमान उडान र रेलसेवा बन्द गरिएको छ।समुद्री आँधीबाट प्रभाव पर्ने स्थानका दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ।हजारौँ उद्धारकर्मीहरूले तल्लो भेगका मानिसहरूलाई जोखिम भएका स्थानबाट अन्यत्र जान सहयोग गरिरहेका छन्।आन्ध्र प्रदेश र तामिलनाडूमा उच्च सतर्कता अपनाइएको छ। सन् २०१७ मा त्यस क्षेत्रमा आएको समुद्री आँधीका कारण २०० जनाको ज्यान गएको थियो।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
वैशाख १९ गते (बिहीबार) दिउँसोः देशको पश्चिमी भू-भाग र पूर्वी भू-भाग लागायत मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

पश्चिमी भूभाग साथै पूर्वी भू-भागका केही स्थानमा र मध्यपहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको संभावना रहेको छ।

राति: देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ।

वैशाख २० गते (शुक्रबार) दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ।

राति: देशभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

वैशाख २१ गते (शनिबार) दिउँसोः देशको पूर्वी भू-भागमा पूर्ण बदली, मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू-भागका अधिकांश स्थानहरूमा, मध्य र पश्चिमका केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ।

राति: देशको पूर्वी भू-भागमा पूर्ण बदली, मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भाग लगायात मध्य तथा पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ।नेपाल लाइभ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *