काठमाडौं– नेपाल प्रहरीले छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका ४ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले असार १६ गते काठमाडौं महानगरपालिका–७ पशुपति मित्र माध्यामिक विद्यालय चावहिलमा दुई जनालाई घाइते बनाएर फरार रहेका उदयपुरका असिम लामा र सरोज श्रेष्ठ तथा कास्कीका निश्चल आलेमगर र भारत दार्जिलिङका सरोज राईलाई आज पक्राउ गरेको हो।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार ओखलढुङ्गाका विजय बानियाँ र काठमाडौंका सुदीप घिमिरेलाई घाइते बनाएर चारैजना फरार भएका थिए।घाइते दुवैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ। लागुऔषध सेवन गरी उनीहरुले एकापसमा झगडा गरेको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता बोगटीले बताए। नेपाल लाइभ
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0