फ्रान्सले लगायो फेसबुक तथा गुगलमाथि कर

२०७६ असार २४, मंगलवार ११:४६ गते २०७६ असार २४, मंगलवार ११:४६ गते २०७६ असार २४, मंगलवार ११:४६ गते

फ्रान्सको तल्लो सदनले गुगल, फेसबुक तथा अमेजनजस्ता ठूला इन्टरनेट कम्पनीहरु माथि कर लगाउने कानून पारित गरेको छ । करको दर न्यून रहेका युरोपेली मुलुकहरुमा कार्यालय खडा गरी अन्य मुलुकहरुमा कर छली गर्ने ठूला बहुराष्ट्रिय कम्पनीहरुको चलाखीलाई रोक्नका लागि यो नयाँ कानून प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

स्मरणरहोस् गुगल, फेसबुक तथा अमेजनलगायतका बहुराष्ट्रिय कम्पनीहरुले फ्रान्समा ठूलो कारोबार गर्ने गरेका भए पनि करको रुपमा फ्रान्समा रकम चुक्ता गर्नु पर्दैन ।फेसबुक तथा गुगलजस्ता कम्पनीहरुलाई हरेक मुलुकमा करको दायरामा ल्याउनका लागि आफूले तयार गरेको कानूनको अन्य मुलुकहरुले पनि सिको गर्ने अपेक्षा फ्रान्स सरकारले गरेको छ ।

फ्रान्सको तल्लो सदनले पारित गरेको विधयेक अनुसार फ्रान्समा कारोबार गर्ने र विश्वव्यापी वार्षिक आम्दानी ७५ करोड तथा फ्रान्समा वार्षिक अढाई करोड युरोभन्दा धेरै आम्दानी भएका डिजिटल कम्पनीहरुले फ्रान्समा ३ प्रतिशत कर तिर्नुपर्नेछ ।तल्लो सदनले पारित गरेको यो विधयेक अर्को हप्ता माथिल्लो सदनले पारित गरेसँग लागू हुनेछ ।फ्रान्सले तयार गरेको यो कानूनलाई प्रविधि उद्योगले भने आलोचना गरेको छ । यसले उपभोक्तामाथि थप व्ययभार थोपर्ने जिकिर उनीहरुको छ ।

फ्रान्सको नयाँ कानूनले फेसबुक, गुगल तथा अमेजन मात्र होइन अन्य अमेरिकी कम्पनीहरु एयर बीएनबी र उबरका सँगै कतिपय चिनियाँ तथा युरोपेली कम्पनीहरु पनि प्रभावित हुनेछन् ।यो ३ प्रतिशत कर लागू गरेसँगै फ्रान्सले वार्षिक रुपमा ५० करोड युरो कर उठाउन सक्नेछ र करको त्यो रकम वार्षिक रुपमा बढ्नेछ ।
एजेन्सीको सहयोगमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *