१० वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

२०७६ श्रावण ३, शुक्रबार २२:०८ गते २०७६ श्रावण ३, शुक्रबार २२:०८ गते २०७६ श्रावण ३, शुक्रबार २२:०८ गते

अर्घाखाँचीको सितगंगा नगरपालिका-१४ विक्रम बस्ने ४२ वर्षीय पुरुषलाई आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरको अभियोगमा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमलपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी मुस्ताङको १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथ बजारमा ज्याला मजदुरी गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-२ बुर्तिबाङ घर भएका रमेश घर्ती मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई स्थानीय होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुक्तिनाथ मुस्ताङबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।लोकान्तर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed