सिरहा : सिरहाको गोलबजार नगरपालिकामा कार्यरत ओभरसियर २५ वर्षीया उमा श्रेष्ठ उपभोक्ता समितिबाट लिएको घुस रकमसहित पक्राउ परेकी छन्।
ओभरसियर श्रेष्ठ गोलबजार नगरपालिका ७ चोहर्वास्थित एक होटलबाट घुसवापत लिएको ५० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धानको टोलीद्वारा शुक्रबार साँझ पक्राउ परेकी हुन्। बर्दिवासस्थित अख्तियार कार्यालयबाट आएको टोलीद्वारा ५० हजार रुपैयाँसहित पक्राउ परेकी ओभरसियर श्रेष्ठलाई बर्दिवास लगिएको छ।
महोत्तरीको बर्दिवासस्थित अख्तियारको कार्यालयबाट प्रहरी नायव उपरीक्षक मधुकुमार थापाको कमाण्डमा आएको ११ जनाको टोलीले ओभरसियर श्रेष्ठलाई पक्राउ गरेको हो। ओभरसियर श्रेष्ठ स्थानीय अशोक साहको होटलबाट गोलबजार ९ स्थित उपभोक्ता समितिसँग लिएको घुस रकमसहित पक्राउ परेको प्रहरी नायव उपरीक्षक थापाले बताए।थाहा खबर
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0