अदृश्य मेराे माया – गजल

२०७६ श्रावण १५, बुधबार २१:२५ गते २०७६ श्रावण १५, बुधबार २१:२५ गते २०७६ श्रावण १५, बुधबार २१:२५ गते

—— गजल —–
==========
मेराे भाग्यमा उनी, लेखेकाे छ कि छैन हाेला ?
ईश्वरले मेराे माया, देखेकाे छ कि छैन हाेला ?

अदृश्य मेराे माया, कैदि बनाई उनकाे मनमा ।
बन्दि दिलले मलाई, छेकेकाे छ कि छैन हाेला ?

यति ठूलाे संसारमा, उनकाे सम्झनाकाे तरेलिले ।
मेराे अात्मामा पाईला, टेकेकाे छ कि छैन हाेला ?

अग्नि ज्वाला दन्किदैछ, असहाय यादहरू मुटुमा ।
मायाकाे रापले उनलाई, सेकेको छ कि छैन होला ?

– प्रकाश पुष्पक राई पुमा
बेल्टार बशाहा १, उदयपुर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *