जनकपुरधाम। प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले गौर घ’टनालाई उचाल्ने काम गरे सप्तरीको मलेठ घ’टनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव नेपाल र लालबाबु पण्डित पनि जे’ल जाने बताएका छन्।सिरहाको सखुवा ननकारकट्टी गाउँपालिकामा पार्टी समायोजना सभालाई सम्बोधन गर्दै मन्त्री यादवले मलेठ घ’टनामा प्रधानमन्त्री ओली, नेता नेपाल र पण्डित दोषी रहेको भन्दै उनीहरुलाई पहिले हत’कडी लाग्ने दा’वी गरे।उनले काग्रेस र नेकपाका केहि नेता गौर घ’टनामा उपेन्द्र यादवलाई जेल पठाउने ध्वाँस देखाउनु भनेको बच्चालाई भुत देखाएर डराउनु जस्तै भएको टिप्पणी गरे।
समाजवादी पार्टीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका मन्त्री यादवले मलेठ घ”टनाको छानविनका लागि प्रदेश सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन तयार गरिसकेको र सरकारलाई बुझाउने तयारी गरेको पनि बताए।उनले गौर घ’टनाको निष्पक्ष छानविनका लागि समाजवादी पार्टी तयार रहेको भन्दै मलेठ घ’टनाको पनि निष्पक्ष छानविन हुनुपर्ने र दो’षीमाथि कानून बमोजिम का’र’बाही हुनुपर्ने बताए।एक फरक प्रसंगमा मन्त्री यादवले नेकपा अध्यक्षद्धय ओली, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा संविधान संशोधन गर्न तयार नभए पतन हुने समेत बताए। उनले हरेक समुदायको अधिकार संविधानमा ग्यारेण्टीका लागि समाजवादी पार्टीले आन्दोलन गर्ने तयारी थालिसकेको बताए।उनले अब सिंहदरबार केन्द्रित आन्दोलन हुने भन्दै तयार भएर बस्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे।
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा
तौल बढ्ने
सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।
समस्या समाधानमा कठीन
सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।
आँखामा प्रेशर
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।
ध्यान दिन नसक्नु
मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।
Views: 0