प्रिय अप्रिल फूलकाे शुभकामना – •कविता•

२०७६ चैत्र १९, बुधबार २२:०७ गते २०७६ चैत्र १९, बुधबार २२:०७ गते २०७६ चैत्र १९, बुधबार २२:०७ गते

समीर नेपाल
•कविता•
प्रिय अप्रिल फूलकाे शुभकामना

अप्रिल फुूलकाे शुभकामना
धेरै धेरै शुभकामना तिमीलाई
अघिपछि भन्दा धेरै शुभकामना
साच्चै अहिले दिनहुँ
अप्रिल फूल मनाएर
सबैले सबैलाई झुक्याइ
रहेको समयमा तिमीलाई
मेरो कुराकाे बिश्वास नलाग्न सक्छ
प्रिय

काे रास्ट्रबादी काे रास्ट्रघाँटी
काे सक्कली काे नक्कली
त्यो छुट्टाउने कसि के हाे
अहिलेसम्म बनेको छैन
प्रिय

हाे अप्रिल फूलमा त
एक दिन जानाजान मान्छेले
मान्छे लाई झुक्याउने गर्छन्
तर यहाँ दिनहुँ मान्छेलाई
अप्रिल फूल बनाउने गरेकाछन्
प्रिय

यहाँ त नयाँ प्रेमीले नयाँ
प्रेमिकालाई ,नेताले कार्यकर्तालाई
दिनहुँ अप्रिल फूल
बनाउदै झुक्काइरहेका छन्
हाे दिनहुँ झुकिदा पनि
हाम्रा साईलिहरूअप्रिल फूल
बन्न तयार छन्
प्रिय

हाे अप्रिल फूल बन्न तयार
भए पछि अप्रिल फूल बनाउने काे
किन कमि हुन्छ र
प्रिय

तिमीलाई पनि अप्रिल फुल
मनाउन छ भने इनबक्स मा आउ
प्रिय ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *