प्रदेश १ को प्रदेश सभा बैठक आज

२०७७ माघ २५, आईतवार १३:१६ गते २०७७ माघ २५, आईतवार १३:१६ गते २०७७ माघ २५, आईतवार १३:१६ गते

काठमाडौं : प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आज बस्दैछ। सभामुख प्रदीप कुमार भण्डारीले बैठक आजका लागि बोलाएका छन्। बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने सम्भावना रहेको बताइएको छ।

बैठकमा अरु एजेण्डा नरहेकोले प्रस्तावमाथि छलफल हुन सक्ने अनुमान छ। प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले सभामुख भण्डारीले आज दिउँसो २ बजेलाई प्रदेशसभाको बैठक बोलाएको र त्यसअघि बिहान ११ बजे कार्य ब्यवस्था कार्यसमितिको बैठक बस्ने जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदहरूले राईविरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। नेकपामा केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेको भोलिपल्टै तीन मन्त्रीले सामूहिक राजीनामा दिएका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *