ताप्लेजुङ दोभान बजारमा भीषण आगलागी हुँदा ३५ घर नष्ट

२०७७ फाल्गुन १८, मंगलवार १३:१४ गते २०७७ फाल्गुन १८, मंगलवार १३:१४ गते २०७७ फाल्गुन १८, मंगलवार १३:१४ गते

ताप्लेजुङ, १८ फागुन : ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी भइरहेको छ । मंगलबार बिहान भोला पौडेलको घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ ।उनले भने, ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौंँ ।’ ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए|

सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए । अहिले आगलागी भइरहेको ठाउँभन्दा अगाडिका घरहरु डोजरले भत्काएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ|

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *