तामाङ चलचित्र “तिङ्ला पुजु” चैत्र ०७ गते बाराही मुभीमा प्रदर्शन हुँदै

२०७७ चैत्र ५, बिहीबार २१:३१ गते २०७७ चैत्र ५, बिहीबार २१:३१ गते २०७७ चैत्र ५, बिहीबार २१:३१ गते

काठमाडौँ । तामाङ चलचित्र “तिङ्ला पुजु” चैत्र ०७ गते भक्तपुरको बाराही मुभीमा च्यारीटी शो हुने भएको छ । नायक रोशन तामाङ थिङ र नायिक अभिना गोलेसँग सारा खबरको प्रतिनिधिले गरेको संवादको क्रममा मकवानपुरको हेटौडामा सफल च्यारीटी शो पछि भक्तपुरको बाराही मुभीमा प्रदर्शन गर्न लागिएको जानकारी दिएका छन् ।दाजुभाईको अंश बण्डालाई लिएर निर्माण गरेको तामाङ चलचित्र “तिङ्ला पुजु” सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा सन्देश मुलक भएको नायक रोशन तामाङले बताएको छ । नायिका अभिना गोलेको यो पहिलो चलचित्र हो । उनीले रङगीन दुँनियामा तामाङ समुदायमा भएको नायिकाहरुले जस्तै चर्चा कमाउन प्रवेश गरेको बताइन् ।

यो चलचित्रमा जय स्याङतान र कल्पना वाइवाको पनि भुमिका रहेको छ भने कमल रुम्बाको कथा रहेका छन् । सुदिपा स्याङतानको लगानीमा निर्माण भएको यो तामाङ चलचित्रले तामाङ समुदायको मन पराउनेमा विश्वास्त रहेको नायक रोशन तामाङले बताए । यसैगरी नायक रोशन तामाङ थिङ भन्छन् । “मैले यो चलचित्रमा राम्रो अभिनय गरेको छु । यदि यो चलचित्र पनि चलेन भने म यो फिल्मी क्षेत्रबाट टाडा रहेर गाउँमा भारी बोकेर पसिना भगाउन जाने छु तर मलाई आशा छ मेरो दर्शकहरुले मलाई माया गर्नु हुने छन् । हलसम्म आएर फिल्म हेरिदिने छन् भन्ने मैले आशा लिएको छु ।”

लकडाउन पछि प्रदर्शनको तयारीमा रहेको तामाङ समुदायको यो पहिलो चलचित्र हो । बाराही मुभी हल अहिले पनि बन्द अवस्थामा नै छन् तर पनि “तिङ्ला पुजु” चलचित्रको च्यारीटी गर्न लागेको छन् । भक्तपुरमा तामाङ समुदायको बाक्लो बसोबास रहेको शहर हो त्यसकारणले पनि बाराही मुभीमा तामाङ चलचित्र प्रदर्शन गर्दा हल भरीभराउ हुने गर्दा छ ।यो तामाङ चलचित्र चैत्र १४ गते बनेपाको शुभकामना हलमा देखाउने तयारी पुरा भएको पनि जानकारी दिएको छ । “तिङ्ला पुजु” चलचित्र कस्तो बनेको छ हेरेपछि नै थाहा हुने छन् तर चैत्र ०७ गते भक्तपुरको बाराही मुभीमा “तिङ्ला पुजु” चलचित्र हेर्न भने नछुटाउनु होला ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *