मिडिया व्यावसायी तथा सिनेमाटोग्राफी राजन खरेलले निर्माण गरेको गोक्यो रि ले ” गिनिज वर्ल्ड रेकर्ड” राखन सफल

२०७७ चैत्र ८, आईतवार १२:४९ गते २०७७ चैत्र ८, आईतवार १२:४९ गते २०७७ चैत्र ८, आईतवार १२:४९ गते

काठमाडौं । बिश्वको नम्बर एक मान्यता प्राप्त विश्व कीर्तिमान “गिनिज बुक अफ वल्र्ड रेकर्ड” मा नेपालको तर्फबाट एउटा कीर्तिमान थप्न सफल भएको छ ।नेपालको जस्तो सानो देश अनि त्यही माथि पनि सानो म्युजिक उद्योगका कलाकारहरुले विश्वको सर्वाधिक उचाईमा अडियो रेकर्ड तथा भिडियो छायांकन गरि नेपाललाई विश्वमानै प्रतिनिधित्व गर्ने साहासिक कार्य गर्न सफल भएको छ ।गीत संगितको दुनियामा नेपाली साहासीक कलाकारहरुको टोलिले एउटा छुट्टै नयाँ आयाम थपेका छन । कोरोना महामारिले विश्वको जनजीवन मात्र नभै सबै क्षेत्रका उद्योगहरु बन्दा हुने अवस्थामा पनि नेपाली कलाकारहरुले नेपाली गीत संगीत सङ्ग नजिक रहेर एउटा साहासिक र ऐतिहासिक काम सम्पन्न गरेका छन ।

दैनिक जसो गीत रेकर्ड गर्न ब्यस्त स्टुडियोहरु अहिले बन्द जस्तै रहेको बेला सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरु बाद्यबादन र रेकर्डिङका लागि आवस्यक उपकरण सहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउँमा अडियो रेकर्ड तथा भिडियो छायांकन सम्पन्न गरि गोक्यो रि नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन ।भिडियो गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलबाट अपलोड भएको छ । झट्ट सुन्दा असम्भव जस्तो लाग्न सक्छ तर कलाकारहरुले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन गरि सम्भव बनाएका छन । उक्त गोक्यो रि गीतमा अहिलेका चर्चित गायिका बबिना किराँतीको स्वर, बहुप्रतिभाशाली गायक तथा संगितकार बिक्रम राईको संगीत, मिलन किराँतीको शब्द, फनिन्द्र राईको संगीत संयोजन रहेको थियो भने वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले अडियो रेकर्ड गरेका हुन ।

भिडियो निर्देशन दुर्लभ जन्तरे (बुद्धि राज राई) ले गरेका हुन भने भिडियोमा मोडेल तथा गायिका समेत रहेको बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, र १० वर्षिय बाल कलाकार रायल राईलाई देख्न सकिने छ। भिडियो छायांकन तथा एडिट ईसाक जबेगुले गरेका हुन भने क्यामेरा सहयोगिको रुपमा दुर्गा प्रसाद राई रहेका थिए ।यस्तै लाईभ बाद्यबाधनमा गिटारिस्ट राजिब बैजु, मादल बिक्रम राई, बासुरी पावल राई तथा अक्टाप्याडमा बिक्रम गुरुङ रहेका छन । गोक्यो रि नामक उक्त भिडियो निर्माता पर्यटन ब्यवसायी सन्च बहादुर राई, मिडिया व्यावसायि तथा सिनेमाटोग्राफी राजन खरेल,बासुरी बादक पावल राई र पर्यटन व्यावसायी तथा समाजसेवी लक्ष्मण कार्की रहेका छन । यो सम्पुर्ण प्रोजेक्टको निर्देशक तथा सहजीकरण भने गिनिज बुक अफ वर्ड रेकर्ड होल्डर पुष्कर नेपालले गरेका थिए । उक्त गीतको अडियो भिडियो सम्पन्न गर्न २० लाख माथी लागत लागेको पनि निर्माता राजन खरेल जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *