बैशाख १७ सुन्सरी | भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरीमा कार्यरत नायव सुब्बा शम्भु सुवेदी भुमाफियाहरु सङ्गको मिलेमतोमा कार्यलयमा भएका सम्बन्धित कागजात प्रमाणहरु बेपत्ता पार्ने र नष्ट गर्ने जस्ता गैह्रकानुनी काम गर्ने गरेको तथ्य बाहरिएको छ। नायब सुब्बाको कर्तुत देख्दा कार्वाही र छानबिन गर्नुको त कहाँ हो कहाँ कार्यलय प्रमुख स्वयंमा उक्त कामलाई साथ दिइरहेका छन।
म्रो समाचार प्रतिनिधि कार्यलयमा पुगेर सेवाग्राही जस्तै बुझ्न खोज्दा एक कर्माचारीले नाम र पद नखुलाउने सर्तमा भने हामीलाई माथिबाट प्रेसर छ पुर्व मन्त्री देखी बहालबाला नेताको फोन आउँछ। माथिल्लो तह डि.जी. देखी सबैलाई भाग दिनुपर्छ भने। यो त रह्यो कर्मचारीका कुरा हाम्रो प्रतिनिधि गुनासो बुझ्ने क्रममा स्थानिय संजय सुबेदीले भने न्याय पाउनुपर्ने मान्छेलाई न्याय नदिइ गलत तरिकाबाट अर्को पक्षमा फैसला गर्ने जस्ता घृर्णित काम हुने गरेको र वादी प्रतिवादीहरुसंग खुलेआम रकमको बार्गेनिङ गर्ने दुःख दिने जस्ता काम दैनिक हुन्छ यहाँ मोही ब्युँताउने किर्ते प्रमाणहरु पेश गर्ने साथै भुः माफियाहरुलाई प्रोत्साहन गर्ने जस्ता कार्य गरेर उद्योग ब्यबसायीहरुलाई दुःख दिने कामहरु हुने गरेको बताएका थिए।
Views: 0