खर्बपति बिल गेट्स दम्पतीले सम्बन्ध विच्छेदको घोषणा

२०७८ बैशाख २१, मंगलवार १६:२४ गते २०७८ बैशाख २१, मंगलवार १६:२४ गते २०७८ बैशाख २१, मंगलवार १६:२४ गते

एजेन्सी – विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्टका मालिक तथा विश्वकै धनि व्यक्ति मध्येका एक हुन् बिल गेट्स । उनको ब्यापारको बारेमा त हामीले थुपै खबरहरु सुन्दै आइरहेका छौं । तर, आज हामी उनको निजी जीवनको बारेमा चर्चा गर्दैछौं ।

खर्बपति बिल गेट्स दम्पतीले सम्बन्ध विच्छेदको घोषणा गरेको छ । बिल र मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् । उनीहरुले २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुक्रयाउँदै अब संगै बस्न नसक्ने बताएका हुन् । जोडीले भनेको छ, ‘हामी अब जोडीका रुपमा एक अर्कालाई विश्वास गर्ने अवस्थामा छैनौं ।’

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै यो जोडीले लेखेको छ, ‘हाम्रो सम्बन्धको लामो विचार विमर्शपछि हामीले वैवाहिक सम्बन्ध टुंग्याउने निष्कर्षमा पुगेका छौं ।’ सन् १९८० को दशकमा पहिलो पटक भेटिएका उनीहरु अन्ततः छुट्टिएका हुन् । असीको दशकमा मेलिन्डा बिल गेट्सको माइक्रोसफ्ट फर्ममा आवद्ध हुन पुगेकी थिइन् ।

उनीहरुका तीन सन्तान छन् । उनीहरुले संयुक्त रुपमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन चलाउँदै आएका छन् । उनीहरुको वैवाहिक जीवन टुंगिएको भए पनि परोपकारी काम भने मिलेरै गर्ने पनि जनाएका छन् ।

सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन सन्तान छन्। बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन्। सम्बन्धविच्छेद भए पनि फाउन्डेसनमा उनीहरूले सँगै काम गर्ने बताएका हुन्।

कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन्। फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। बिल गेट्सले सन् १९७०को दशकमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए।

बिल गेट्स र मिलिन्डाको प्रेम – बिल गेट्स लाई नचिन्ने विश्वमा सायदै कोही मानिसहरु छैनन् उनी संसारकै धनि व्यति हुन । बिल गेट्स का कुरा हरु सुन्न र उनका जिवनका विषयमा जान्न सबै मानिसहरु उत्सुक हुनेगर्दछन् । संसारका धेरै सेलिब्रेटी को प्रेम कहानी जस्तै बिल गेट्स र मेलिन्डाको पनि यस्तै रोचक प्रेम कहानी छ । बिल गेट्स ले ठुला –ठुला कार्य गर्न जति परिश्रम गरे त्यति नै उनले आफ्नो प्रेम सफल बनाउन परिश्रम गरेका थिए ।

शनिवारको दिन, पार्किङमा गाडी राखेपछि । गेट्सले मिलिन्डलाई देखे। उनि सोझै मिलिन्डा भएको ठाउातिर गए र प्रेम प्रस्ताव राखे तर मिलिनडा ले अस्विकार गरनि । कारण गेट्सको प्रस्ताव मिलिन्डालाई ‘त्यो अत्यन्त फितलो प्रस्ताव भयो’ मिलिन्डाले भनिन अलि गहन तरिकाले प्रस्ताव गर । त्यसको दुई सातापछि गेट्सले फेरी मिलिन्डालाई प्रस्ताव राखे ।

गेट्सले त्यो बेला मिलिन्डालाई ‘डिनर अफर’ गरेका थिए । तर त्यो प्रस्ताव पनि मिलिन्डाले अस्विकार गरिन । फोन नम्बर दिदै भनिन ‘फुर्सद भएको समयमा फोन गर्नु ।’त्यही रात गेट्सले मिलिन्डालाई फोन गरे। त्यस पछि यि दुवै नजिक हुन थाले । सुरुमा यो प्रेम सम्बन्ध गेट्सकी आमालाइ मन परेको थिएन तर लामो समयसम्म भएको प्रेमलाई गेट्सकी आमाले केही गर्न सकिनन् । त्यो बेलामा गेट्स र मिलिन्डा एउटै कलेज मा पढ्थे। पटि मिलिन्डा पनि माइक्रोसफ्टकै प्रोडक्ट म्यानेजर भइन् । यसले यी दुईको सम्बन्ध थप बलियो बनायो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *