अमेरिकाद्वारा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागू

२०७८ बैशाख ३१, शुक्रबार १४:४६ गते २०७८ बैशाख ३१, शुक्रबार १४:४६ गते २०७८ बैशाख ३१, शुक्रबार १४:४६ गते

एजेन्सी, ३१ बैशाख : अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागू गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाइएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, कार्यालय जस्ता ठाउँमा मास्क लगाउन नपर्ने घोषणा गरेका हुन् ।ह्वाइट हाउसमा आयोजित समारोहमा विपक्षी रिपब्लिकन सांसदहरुको साथमा आफूले लगाएको मास्क खोल्दै बाइडेनले पूर्ण खोप लगाएकाहरुले इन्डोर स्थलमा मास्क लगाउनु नपर्ने बताएका बीबीसीले जनाएको छ ।

अमेरिकामा पछिल्लो समय कोरोना विरुद्धको खोपको प्रभावकारीता बढेको र संक्रमण नियन्त्रणतर्फ गएको देखिएको छ । तर अझै पनि बढी भिडभाड हुने अस्पताल, सार्वजनिक यातायात, हवाइ जहाज लगायतकामा भने मास्कलाई अनिवार्य गरिएको छ ।अमेरिकामा अहिले कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । राष्ट्रपति बाइडेनले कोरोना विरुद्धको खोप लगाउन सबैलाई आग्रह पनि गर्दै आएका छन् । अमेरिकाले कोरोना रोकथामका लागि १२ देखि १५ वर्षका किशोरकिशोरीका लागि पनि खोप दिने घोषणा गरिसकेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *