टोटेनहम छाड्ने योजनामा ह्यारी केन

२०७८ जेष्ठ ४, मंगलवार १६:५८ गते २०७८ जेष्ठ ४, मंगलवार १६:५८ गते २०७८ जेष्ठ ४, मंगलवार १६:५८ गते

इङ्लिस क्लब टोटेनहमका फरवार्ड ह्यारी केनले क्लब छाड्ने योजना बनाएका छन् ।केनले यही समर ट्रान्सफर विन्डोमा टोटेनहम छाड्न चाहेको जानकारी क्लबलाई गराइसकेको स्काई स्पोर्ट्सले बताएको छ ।इङ्ल्यान्डका २७ वर्षीय फरवार्ड केनको नाम पछिल्लो समय अन्य इङ्लिस क्लब म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेडसँग जोडिएको छ ।आफ्नो व्यावसायिक करियरको उत्कृष्ट समय टोटेनहममै बिताएका केनले क्लबका लागि ३३४ खेलमा २२० गोल गरेका छन् ।सन् २००९ मा टोटेनहमको युवा टोली हुँदै सिनियर टोलीमा स्थान बनाएका केनले क्लबका लागि कुनै उपाधि भने हात पार्ने भने सकेका छैनन् ।

एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अनिश्चित कालका लागि स्थगित:कोरोना भाइसरको दोस्रो लहरका कारण मलेसियामा तय भएको एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अनिश्चित कालका लागि स्थगित भएको छ ।एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको हो ।एएफसीले कोरोना महामारीको जोखिमका कारण आयोजक, खेलाडी, प्रशिक्षक र सम्बन्धित सबैको स्वास्थ्यलाई ध्यानमा राखेर प्रतियोगिता स्थगित गरेको जनाएको छ ।

छनोट चरणका खेल यही मे २७ देखि क्वालालम्पुरमा हुने तय भएको थियो । एएफसीले प्रतियोगिताको सम्पूर्ण जानकारी अर्को सूचनामा दिइने बताएको छ ।नेपालले पनि छनोट चरणमा सहभागिता जनाउने छ । छनोटको पोल ४ मा नेपाल सहित युएई, प्यालेस्टाइन, किर्गिस्तान, मंगोलिया र सिंगापुर छन् ।सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा १२ टोली सहभागी रहनेछन् ।जसमा भारत आयोजकका नाताले र अघिल्लो संस्करणका शीर्ष तीन टोली जापान, अस्ट्रेलिया र चीन सिधै छनोट भइसकेका छन् । छनोट चरणबाट बाँकी ८ टोलीको टुङ्गो लाग्नेछ ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *