ओली सरकारले झलनाथलाई उपचार खर्च दिन्छु भन्दा चर्को विरोध गरेका गगनले देउवालाई अब के भन्छन् ?

२०७८ श्रावण ६, बुधबार १५:२२ गते २०७८ श्रावण ६, बुधबार १५:२२ गते २०७८ श्रावण ६, बुधबार १५:२२ गते

काठमाडौ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च सरकारले दिने भनेपछि नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले त्यसको चर्को विरोध गरे । कुन कानुन अनुसार खनाललाई उपचार खर्च दिन्छु भन्नु भयो प्रधानमन्त्री ज्यू ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरे ।

तर अहिले उनकै पार्टीको सरकार छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफै फोन गरेर खनाललाई राम्रोसंग उपचार गर्नुस् खर्च सरकारले दिन्छ भनेर स्वास्थ्यलाभको शुभकामना दिए । ओली सरकारले उपचार खर्च दिन्छु भन्दा चर्को आलोचना गरेको गगन थापाले आफ्नै सभापति तथा प्रधानमन्त्रीले पनि सोही कुरा दोहोर्याउँदा भने सामाजिक सञ्जालमा कुनै प्रतिकृया जनाएका छैनन् ।

तर उनले मिडियासंगको कुराकानीमा भने त्यसो गर्न नमिल्ने प्रतिकृया दिएका छन् । जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने बताएका छन्।

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पुगेर प्रचण्डकै फोनवाट झलनाथलाई सम्पर्क गरी उपचार खर्च सरकारले दिने भनेका थिए । सो समाचार सार्वजनिक भएपछि गगनले त्यसो गर्न नमिल्ने बताएका हुन् ।

२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने उल्लेख छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed