काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवालाई पहिलो गासमै ढुंगा लागेजस्तो भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए पछि उनको विरोध सुरु भएको छ । उनले उनलाई राज्यमन्त्री बनाएकोमा गल्ती स्वीकार गरेका छन् ।
अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने प्रतिबद्धता समेत देउवाले जनाएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा निकै आलोचना सहनुपरेको बताएका छन् ।
बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ुस्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको रुु भन्दै प्रश्न गरेपछि देउवाले गल्ती भएको बताएका थिए ।
सरकार गठनका लागि बनाइएको कार्यदलसंग सल्लाह नगरी उनले श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । उनले यस्तो विरोध होला भन्ने आफुले कल्पना पनि नगरेको बताएका छन् । अब देखि यस्तो हुँदैन, अहिलेलाई गल्ती भयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्र र जसपाले ढिलाइ गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सरकारमा भने नजाने नेपाल समूहले स्पष्ट पारेको छ ।
बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाल समूहको प्रतिनिधि भएर नेता डा. विजय पौडेल सहभागी भएका थिए । पौडेलले आफूहरू तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताएका थिए । एमाले एकताको प्रयास कामय रहेका कारण सरकारमा नजाने भएका हुन् । मन्त्रीमण्डल विस्तारलगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एमाले नेता विजय पौडैलले आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । सभार:ताजा खबर
Views: 0