योगेश भट्टराई र सुरेन्द्र पाण्डेले छोडे माधव नेपालको साथ!

२०७८ श्रावण २१, बिहीबार १५:३३ गते २०७८ श्रावण २१, बिहीबार १५:३३ गते २०७८ श्रावण २१, बिहीबार १५:३३ गते

काठमाडौ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षमा रहेका सुरेन्द्र पाण्डे र योगेश भट्टराई नेपालको कृयाकलापको विपक्षमा देखिएका छन् । उनीहरु नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा अनुपस्थित भएका छन् । एमालेको माधव पक्षले विहिवार केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । सो बैठकमा नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।

एमाले एकताका लागि भन्दै उनीहरु ओली समुहका दोस्रो तहका नेताहरुसंग वैठक र छलफलमा छन् । नेपाल स्वयं पनि उनीहरुको यस्तो कृयाकलापवाट सन्तुष्ट छैनन् । भट्टराई र पोण्डेलाई नेपालले विश्वास गर्न छोडिसकेका छन् । विहिवारको केन्द्रय कमिटीको बैठकमा अनुपस्थित भएर उनीहरुले नेपालको साथ छोडेको संकेत गरेका छन् ।

तर नेपाल पक्षका नेताहरुले भने उनीहरु को भिडको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण बैठकमा सहभागी नभएको दावी गरेका छन् । पाण्डेको पीएसओलाई संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएका कारण उनीहरु सहभागी नभएको बताइएको छ ।

नेपाल समूहका भरपर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाहिँ सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् । उनीहरुको यस्तो कृयाकलापको नेपाल पक्षका यस अघिको बैठकमा पनि आलोचना भएको थियो । सभार:ताजाखबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *