देउवाका एक मन्त्री जब ओलीलाई भेट्न बालकोट पुगे

२०७८ भाद्र १६, बुधबार १४:३८ गते २०७८ भाद्र १६, बुधबार १४:३८ गते २०७८ भाद्र १६, बुधबार १४:३८ गते

काठमाडौ । नेकपा एमालेको सरकार गिराएर नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेपछि विपक्षी दल र सरकार पक्षका नेताहरुबीच टिकाटिप्पणी चर्को छ । एक अर्का पक्षका नेताहरुको निकै चर्को आलोचना हुने गरेको छ । यद्धपी नेपाली कांग्रेसका नेताले भन्दा पनि कम्युनिष्ट पार्टीकै नेताहरुबीचको टिप्पणीको दोहोरी सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

तर देउवा सरकार बनेपछि पहिलो पटक एक जना मन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको रुपमा यसलाई बुझ्न सकिन्छ। कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

उनले त्यसअघि एमालेकै अन्य नेतालाई पनि भेटेका थिए । मन्त्री कार्कीले ओलाीलाई भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्मका विषयमा कुराकानी गरेका हुन्।

दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो। कार्कीले मंगलबार साँझ ७ बजे ओलीलाई उनकै भक्तपुरस्थित बालकोट निवासमा पुगेर भेटेका हुन्। त्यसअघि कार्कीले दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटवार्ता गरेका थिए।

उनले एमाले अध्यक्ष ओलीलाई भेटेर एमसीसी लगायतका विषयमा कुराकानी भएको स्वीकार गरेका छन् । विपक्षी दलका नेताहरु पनि मन्त्रीको यो कदम प्रति सकारात्मक छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *