दुनियाँ देश गएँ, तर माधव नेपालजस्तो लाजसरम पचेको मान्छे कतै देखिनँ : ओली

२०७८ भाद्र १९, शनिबार १८:५३ गते २०७८ भाद्र १९, शनिबार १८:५३ गते २०७८ भाद्र १९, शनिबार १८:५३ गते

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छुट्टिएर गएका नेता माधव नेपालप्रति कटाक्ष गर्दै प्रधानमन्त्री बन्न दाम चढाएको आरोप लगाएका छन् ।

‘कहिले सामान्ती राजाको वरिपरि दाम चढार परिक्रमा गरेको छ,’ एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘कहिले पत्रमन्जुसामा प्रधानमन्त्री हुन पाउ भन्ने निवेदन पनि पुर्याएको छ। मैले पार्टी चलाउन नसक्ने भएँ भनेर पार्टी छोडेर हिँडेको छ।’ पार्टीमा कहिले पनि विचारको भिन्नता नभइ व्यक्तिगत स्वार्थ देखाएको बताए ।

उनले भने,‘वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गर्ने? यतिसारो लाजसरम पचेको माधव नेपालजस्तो मान्छे कहीँ देखिनँ,’‘दुनियाँ देश गएँ, तर कतै देखिनँ।’

उनले भने–‘कतिले भन्ने गरेका छन् एमाले फुटेको छ टुटेको छ, अझै ठुलो भुँइचालो जानेछ भनेर आस गरेका छन् । अहिले पाटी फुटेको हैन, पार्टीमा बिग्रिएकाहरू जो विगतदेखि नै पार्टीमा अनेक झमेला गर्दै आएका थिए ती चोइटिएका मात्र हुन् ।’

उनले भने–‘ यिनीहरू पञ्जावका लङ्गुर बाँदरका झुण्ड जस्तै हुन् । खानका लागि गएका झुन्ड हुन् । हाम्रो पार्टीबाट जानेहरूले कहिल्यै पाटीभित्र वैचारिक ल’डाइँ गरे ? नीति सिद्धान्त बिचारका केही फरक छ ? खाली मलाई यो पुगेन त्यो पुगेन भनेको छ ।’

यस्ता अनेक खालका तमासा गरिएको छ । २ सय ४० सिट भएको बेला पार्टीलाई ३३ सिटमा ल्याएर खुम्चाएको छ । मैले केही गर्न सकिन भनेर राजीनामा दिएको मान्छेलाई फेरी भाग चाहिएको छ । त्यस्ता केही तत्त्वहरू पार्टी छोडेर गएका हुन् ।’सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *