बल्ल आयो मन्त्रि बन्नेहरुको लिष्ट , क-कस्को नाम अटायो ! (नामावलीसहित)

२०७८ भाद्र ३०, बुधबार २०:४७ गते २०७८ भाद्र ३०, बुधबार २०:४७ गते २०७८ भाद्र ३०, बुधबार २०:४७ गते

परमादशबाट बनेको देउवा सरकारले २ महिना हँदापनि मन्त्रिपरिषद बिस्तार गर्न सकेको छैन् । गठबनधनमा भाग नमिल्दा मन्त्रिपरिषद बिस्तार हुन नसकेको हो । दलहरु आफुल मन्त्रालए नपाए गठबन्भन तोढ्ने समेत चेतावनि दिन्छन् । यसै बिच नेकपा एमालेबाट विभाजित भइ एकीकृत समाजवादी पार्टी गठन गरेको माधव नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगिएको छ ।

साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । न्यौपाने प्रतिनिधिसभामा समानुपातिक सांसद हुने भने भुसाल राष्ट्रियसभा सदस्य । भुसाल अहिलेसम्म मन्त्री भएका छैनन्, न्यौपाने पूर्वमन्त्री हुन् ।

नेपालनिकट स्रोतका अनुसार उनी बेदुराम भुसाललाई अवसर दिन चाहान्छन् । त्यस्तै बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित छ ।

केपी ओलीको मन्त्रिमण्डलमा वनमन्त्री रहेका प्रेम प्रसाद आलेले ओली समूहबाट विद्रोह गरेर ८ संसादसहित माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएकाले यसको उच्च कदर गर्दै आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी चलीरहेको स्रोतले जनाएको छ ।

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु )को पहिलो महिला अध्यक्ष भैसकेकी साथै हाल नेकपा एकीकृत समाजवादी पार्टीमा निडरताका साथ माधव नेपालको पक्षमा उभिएकी महिला नेत्री रामकुमारी झाँक्रीलाई शिक्षामन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

समाजवादीसँग प्रतिनिधिसभाका २३ जना सांसद छन्। माधव नेपाल नेतृत्वको पार्टीले उपसभामुखसहित ६ वटा मन्त्री पाउने करिब निश्चित भएको छ। उपसभामुखमा सरला यादव र कल्याणीकुमारी खड्का मध्ये एकलाई पठाउने तयारी अध्यक्ष नेपालले गरेका छन्।

पटक–पटक जनताबाट निर्वाचित भएर पनि गुटका आधारमा मूल्यांकन नहुने परिपाटीले हालसम्म मन्त्री हुन नपाएका सांसददेखि नयाँ पुस्तासम्मका अनुहार सरकारमा देखिने भएको एकीकृत समाजवादीस्रोतले जनाएको छ । त्यससँगै राष्ट्रियसभामा दलको नेतामा वामदेव गौतम वा बेदुराम भुषाल, संसदीय दलको उपनेतामा मुकुन्द न्यौपानेको नाम आएको छ । दुबै सदनमा गरी प्रमुख सचेतक र सचेतक ९चार जना० को छनौट गरिने भएको छ । नामबारे अन्तिम निर्णय गर्ने जिम्मा पार्टी संयोजक माधव नेपाललाई दिइएको स्रोतले जनाएको छ ।

हालसम्म मन्त्रीका रुपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा।खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री वा निरादेवी जैरु अग्रपंक्तिमा छन् ।

त्यस्तै माधव नेपालले आफुलाई साथ दिने सबै सांसदलाई मन्त्री बनाउने योजना अघि सारेका छन्। अहिले सरकारमा जाने मन्त्रीहरुले ६ देखि ९ महिना काम गर्ने र फेरि अर्को चरणमा निर्वाचनलाई ध्यानमा राख्दै अरुले नै मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । ‘अवसरको समान वितरण र न्यायोचित जिम्मेवारीका निम्ति यस्तो नीति बनाइएको हो’, एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘अहिले सरकारमा नपरेका साथीहरु अर्को पटकको पुनर्गठनमा पर्ने निश्चित गरिन्छ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *