विभिन्न धनमाल चोरी

२०७९ असार १२, आईतवार ०९:१७ गते २०७९ असार १२, आईतवार ०९:१७ गते २०७९ असार १२, आईतवार ०९:१७ गते

काठमाडौं, ११ असार – काठमाडौं, टोखा नगरपालिका-८ ग्रिनल्याण्ड डेरा गरी बस्ने गोरखा घर भएका ३३ वर्षीय ईश्वर दवाडीको कोठामा कोह नभएको अस्थामा सुनका विभिन्न गरगहना तथा नगदसमेत गरी करिब ४ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-११ माहादेवटार डेर गरी बस्ने लमजुङ वेशिशहर घर भएकी  पुर्णकला गुरुङ र सुमित्रा गुरुङको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी नगद ३ लाख ५३ हजार रूपैयाँ, ४ तोला सुनको गरगहना, हिराको लकेट थान समेत गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित भक्तपुर चागुनारायण नगरपालिका-१ घर भएकी ३७ वर्षीयाचन्द्र माया लिम्बुको पार्किङ गरेको बा.८८ प ६३८७ नम्बरको स्कुटरको डिकीबाट नगद ३ लाख रूपैयाँ शुक्रबार दिउँसो चोरी भएको छ ।

भक्तपुर, र्यविनायक नगरपालिका-९ भातेढिकुर बस्ने ४५ वर्षीय जगत खनालको सोही ठाउँस्थित जस्ताको टहरोमा सञ्चालन गरेको हिमालयन विक्की कार्यालयबाट करिब १३ लाख रुपैयाँ मूल्य बराबरको बिजुलीको आरमोन केवल तार शुक्रबार दिउँसो चोरी भएको छ ।

यसैगरी भक्तपुर, सूर्यविनायक नगरपालिका-२ वालकोट दुर्गामन्दिर नजिक बस्ने ४५ वर्षीय रुपेश विष्टको घरमा कोही नभएको अवस्थामा मेनगेटको ताला फुटाई नगद ८० हजार रूपैयाँ तथा सुनका विभिन्न गरगहनासमेत गरी करिब ११ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *