घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा पक्राउ

२०७९ असार १९, आईतवार ०७:३८ गते २०७९ असार १९, आईतवार ०७:३८ गते २०७९ असार १९, आईतवार ०७:३८ गते

सर्लाही, असार – कबिलासी नगरपालिका-१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरमा सोही नगरपालिका-९ सलेम्पुर बस्ने २५वर्षीय राकेश राय र सोही ठाउँ बस्ने २६ वर्षीय सुजित राय रहेका छन् । उनीहरुले रडले घुम्त पसल फोडी पसलभित्र रहेको रेडबुल, डिउ, बदामजुश, फुर्टी लगायतको सामानहरचोरी गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *