काठमाडौं, २८ असार – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका दोलखा गौरीशंकर गाउँपालिका-८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पुर्याइदिने भनि बहाना बनाईचन्द्रगिरी नगरपालिका-७ थानकोटमा पार्किङ गरी सोहीटिपर चालकले शुक्रबार राति जबरजस्ती करणी गरी टिपर समेत छाडी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणी सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0