आइतबार (चैत १७) ३० मार्चमा ‘मिलाप अन्तकृया, सम्मान, एवम् साङ्गीतिक साँझ’ हुने भएको छ । जनसवाल राष्ट्रिय दैनिक र जनसवाल टेलिभजिनका सम्पादक एवम् अध्यक्ष रामजी बगालेको संयोजकत्वमा मिलाप मासिक र मिलाप न्युजको आयोजनामा उक्त कार्यक्रम हुन लागेको मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले जानकारी गराईन । मलेशिया स्थित नेपाली राजदूताबास र एनआरएन र विभिन्न संघ संस्थाका प्रमुख व्यक्तिहरूको आतिथ्यतामा हुन गइरहेको उक्त कार्यक्रममा नेपालबाट एक दर्जन भन्दा धेरै कलाकार र स्थानिय कलाकारको प्रस्तुति रहने जनाइएको छ । कार्यक्रमको प्रवेश निःशुल्क रहेको र साझ ६ बजेदेखी शुरु हुने मिलापका अध्यक्ष कृष्ण भुसालले जानकारी गराए । ग्राण्ड साङ्गीतिक प्रस्तुतिका लागि सम्पूर्ण तयारी पुरा भएको नृत्य निर्देशक कृष्ण रसाल र गायक रमेश पाठकले बताए । कार्यक्रममा मलेसियामा रहेका नेपालीहरुको उल्लेख्य सहभागीता रहने आयोजकले बताएको छ ।
Views: 0