साथीको हत्या गरेर विदेश यात्रामा गएका १७ वर्षपछि पक्राउ

२०७५ पुष १७, मंगलवार २०:०१ गते २०७५ पुष १७, मंगलवार २०:०१ गते २०७५ पुष १७, मंगलवार २०:०१ गते

काठमाडौँ : आफ्नै साथीको हत्या गरेर लामो समयदेखि फरार एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको छ ।

सामान्य विवादका क्रममा साथीको हत्या गरेपछि नाम फेरेर विदेशसमेत बस्न सफल भएका काभ्रेको खनालथोक घर भइ राजधानीको कपनमा बस्दै आएका ज्ञानेन्द्र भनिने जितेन्द्र श्रेष्ठलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको हो ।

उनले २०५८ सालमा पेप्सीकोलामा साथी विष्णु घिमिरेलाई फलामले हानेर ज्यान लिएका थिए । विवादका क्रममा जितेन्द्रका अन्य चारजना साथीले घिमिरेलाई ढुंगाले हानेर लखेटेका थिए । त्यसपछि जितेन्द्रले पेप्सीकोलातर्फको विमानस्थल तारघेरा नजिकै फलामले हानेर घिमिरेको हत्या गरेका थिए ।

साथीको ज्यान लिएपछि फरार भएका जितेन्द्रले नाम फेरेर विदेश यात्रा पनि गरेका थिए । उनले जितेन्द्रबाट ज्ञानेन्द्र नाम बनाइ केही वर्ष वैदेशिक रोजगारीमा बसेको पनि खुलेको सिआईबीका एसपी उपमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

साथीको हत्या गरेको लामो समयसम्म प्रहरीले पक्राउ गर्न नसकेपछि उनले राजधानीको न्यूरोडमा ब्यापार पनि गरिरहेका खुलेको एसपी उप्रेतीले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई आइतवारै महानगरीय प्रहरी वृत्त बाानेश्वरमा बुझाइएको छ । श्रेष्ठले अपराध स्वीकार गरिसकेको नयाँबानेश्वर प्रहरी बृत्तका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए ।-अन्नपुर्ण

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *