उपचार गर्न नसकेर गोठमा आगो लगाएर आत्मदाह

२०७५ पुष २६, बिहीबार १२:०५ गते २०७५ पुष २६, बिहीबार १२:०५ गते २०७५ पुष २६, बिहीबार १२:०५ गते

उदयपुर – आर्थिक अभावले स्वास्थ्य उपचार गर्न नसक्दा उदयपुरमा एक बिरामीले आत्मदाह गरेका छन् । उदयपुरगढी गाउँपालिका – ४ सातबोटे बस्ने ४८ वर्षका शेरबहादुर कार्कीले परालको गोठमा लागो लगाएर आत्मदाह गरेका हुन् ।

पायल्स, जण्डिस तथा मृगौला रोगी कार्की उपचारको क्रममा धेरै खर्च लाग्ने भएको र आफूले उपचार गर्न नसक्ने भएपछि अस्पतालबाट फर्केर रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेका थिए ।

उनलाई राति बासबसेको घर नजिकै परालको गोठमा आगोमा परी घाइते अवस्थामा गाउँलेले फेला पारेका थिए । आगोमा जलेको अवस्थामा गाउँलेहरुले उद्दार गरेर उपचारको लागि जिल्ला अस्पताल पुर्याएका थिए । उनको बुधबार राति २ बजे उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आगोमा जलेका मृतक कार्कीको साथमा विषादीसमेत फेला परेकाले घटनाको विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताउनुभयो । श्रीमतीसँगै रहेका कार्कीले श्रीमतीलाई झुक्याएर गोठमा आगो लगाई आत्मदाह गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।-उज्यालो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *