खोकी लागिरहेको छ? ३८ डीग्री सेल्सियसभन्दा वढी ज्वरोको साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस्।
चिकित्सकहरुको सुझाब छ, ‘सकभर हात नमिलाउनुस्, नमस्कार मात्र गर्नुस्।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।
श्वासप्रश्वास प्रणालीमा भाइरसबाट लाग्ने सक्रामक रोग सिजनल एन्फ्लुएन्जा (मौसमी रुघाखोकी) का बिरामी अस्पतालमा आउने क्रम बढेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गत मंसिरदेखि २६ पुससम्म ३ सय ३४ जना बिरामीको घाँटीको ¥याल परिक्षण गर्दा एक सय ३८ जनामा एन्फ्लुएन्जा पाइएको थियो।
तीमध्ये १४६ जनामा एन्फ्लुएन्जा एएचवन, ९ जनामा एन्फ्लुएन्जा एएच र १३ जनामा एन्फ्लुएन्जा बी प्रमाणित भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
पुसमा यो रोगबाट एकजना विरामीको मृत्युसमेत भएको महाशाखाका प्रमुख डा.विवेककुमार लालले जानकारी दिए।
Views: 0