जान्नुहोस गायत्री मन्त्रबारे वृस्तृतमा : गायत्री मन्त्र जपगर्ने समय भुलेर पनि गर्न नहुने यस्ता गल्ति।

२०७५ माघ ११, शुक्रबार १३:३१ गते २०७५ माघ ११, शुक्रबार १३:३१ गते २०७५ माघ ११, शुक्रबार १३:३१ गते

हिन्दु धर्ममा गायत्री मन्त्रलाइ सबैभन्दा सर्वश्रेष्ठ मानिन्छ। यो एक यस्तो मन्त्र हो जुन मात्र हिन्दु धर्ममा आस्था राख्ने व्यक्तिको बोलीमा रहन्छ। वेदको कुल संख्या चार छ। र यी चारै मन्त्रमा गायत्री मन्त्र उल्लेख गरिएको छ। यस मन्त्रको ऋषि विश्वमित्र हुन् भने देवता सवितृ हुन्।

मानिन्छ कि यस मन्त्रमा यति शक्ति छ कि नियमित तीनपटक जप गर्ने व्यक्तिको आसपास नकारात्मक शक्ति, भुत प्रेत र बाधाहरु आसपास आउँन सक्दैनन्।

गायत्री मंत्र जप गर्दा कयौ खालका लाभ मिल्छ। यस मन्त्रले भन्छ ”उस प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्मालाई हामी अन्तकरणमा धारण गर्छौ। परमात्माले हाम्रो बुद्धिलाई सन्मार्ग लान प्रेरित गर्नुहुन्छ।”

यसको मतलब यस मन्त्रको जपबाट बौद्धिक क्षमता र मेधा शक्ति स्मरण क्षमता बढ्ने गर्छ। यसबाट व्यक्ति तेज अघि बढ्छ र साथै दुखबाट छुट्कारा मिल्ने गर्छ।

गायत्री मंत्रको जप सूर्योदयभन्दा दुई घण्टा अघि शुरु गरेर सूर्यास्तको एक घण्टा पछिसम्म गर्न सकिन्छ। मौन मानसिक जप भने जति बेला चाह्यो त्यतिबेला गर्न सकिन्छ। तर रातको समय यस मन्त्रलाई जप्न हुदैन। रातको समय गायत्री मन्त्रको जप लाभकारी हुदैन।

गायत्री मन्त्रमा २४ अक्षर हुन्छन। यी चौबीस अक्षर चौबीस शक्ति-सिद्धिको प्रतीक हो । यसैकारण ऋषिहरुले गायत्री मन्त्रलाई भौतिक जगतमा सबै प्रकारको मनोकमाना पूर्ण गर्ने मन्त्र बताइएको छ।

आर्थिकरुपमा समस्या आउनाले गायत्री मन्त्रको साथ श्रींको संपुट लगाएर जप गर्नाले आर्थिक बाधा हट्ने गर्छ।

छात्रहरुका लागि यस मन्त्र निकै फाइदाजनक हुन्छ। स्वामी विवेकानन्दले भने कि गायत्री सद्बुद्धिको मन्त्र हो। नियमित रूपमा १०८ पटक गायत्री मंत्रलाई जप गर्दा बुद्धि प्रखर र कुनै पनि विषयलाई लामो समयसम्म याद गर्न सक्ने क्षमता वृद्धि हुन्छ। यस मन्त्र व्यक्तिको बुद्धि र विवेकलाई निखारने काम पनि गर्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *