आफ्नै आमालाई प्रेमीसंग आपत्तीजनक अवस्थामा छोरीले देखेपछि….

२०७५ माघ २०, आईतवार २०:२० गते २०७५ माघ २०, आईतवार २०:२० गते २०७५ माघ २०, आईतवार २०:२० गते

काठमाडौं । भारतको हरियाणा स्थित करनाल शहरमा एक बालिकालाई उनकी आमाले प्रेमीसँग मिलेर हत्या गरेकी
छन् । बालिकाको हत्या हुनुको कारण यो मात्र थियो कि उनले आमालाई उनका प्रेमीसँग आपत्तिजनक अवस्थामा फेला पारेकी थिइन् र यो कुरा बुवालाई भनिदिने चेतावनी दिएकी थिइन् ।

यही कारण महिलाले आफ्ना प्रेमीसँग मिलेर छोरीको हत्या गरिन् । मृतक ८ वर्षीया सोनम हुन् । सोनम घरबाहिर खेलीरहेकी थिइन् । जब खेल सकियो उनी घरभित्र गइन् जहाँ उनले आमा लक्ष्मीलाई आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिन् ।

दुवैजना सोनमलाई देखेर अताल्लीए । उनीहरुले सोनमलाई यो कुरा कसैलाई नभन्न आग्रह त गरे तर उनले भनिदिने डर मनबाट कम भएन । आफ्नो कर्तुत खुल्ने डरले दुवैजनाले मिलेर सोनमको घाँटी थिचेर हत्या गरे र उनको शवलाई कट्टामा राखेर नरहमा फाले । लक्ष्मीले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिइन् ।

लक्ष्मी आफ्नो घर आइन् र उनका प्रेमी अमित पनि आफ्नो घर गए । दुवैलाई लागेको थियो होला सोनमको शव नहरमा बगेर हराउनेछ । तर शव कट्टामा रहेका कारण बगेर जान सकेन । कसैले शव भेटिएको जानकारी प्रहरीलाई दिए । प्रहरीले घटनाको छानबिन सुरु गर्यो । पोस्टमार्टममा उनको घाँटी थिचेर हत्या भएको कुरा पत्ता लाग्यो ।

प्रहरीले छानबिन गर्ने क्रममा शंकाको सुई आमा लक्ष्मीतिर घुम्यो र अमित पनि पक्राउ परे । प्रहरीले एक सिसिटीभी फुटेज हात पार्यो जसमा अमितले बाइकमार्फत कट्टामा राखिएको बालिकाको शव लगेर गइरहेको देखियो ।

दुवैजनाले आफ्नो अपराध स्वीकार गरे । प्रहरीले दुवैजनालाई हत्या मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

-light nepal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *