बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो..यो ब्यक्ती लाई के भन्नु हुन्छ पुरा पढ्नु होस !!

२०७५ माघ २२, मंगलवार १३:२४ गते २०७५ माघ २२, मंगलवार १३:२४ गते २०७५ माघ २२, मंगलवार १३:२४ गते

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग उठ्बस होला, पक्राउ मा परे पनि केही बर्ष मै छुट्नु होला सायद महिना पनि तर मेरो के?? म दिन दिनै मर्ने छुगाडीमा चड्दा सह चालकको छुवाइले त मलाई दिन भरी बिचल्लीत पार्दिन्छ भने, तपाईंका ती पशु रूपी नयन मेरा निर्दोष शरीरमा पर्दा मलाई असहय हुनेछ, तपाईंका अंग प्रति अंगले मेरो शरीर केलाउँदा म मरे तुल्य हुनेछ त्यसैले मेरो बलत्कार पछि हत्या गरिदिनुस् । म आफूमाथि कुकर्म गर्ने दोषीलाई हाँसेको देखेर दिनदिनै मर्ने छु,

बिन्ती मेरो बलत्कार पछि हत्या गरिदिनुस् । मेरो सर्वांग छोपेर हिँड्दा पनि समाज मेरो शारीरिक बनोटको अनुमान लगाउने छन अब त्यसैले मलाई बलत्कार पछि मृत्युको मुहार देखाईदिनुस् । म सामान्य जिवन बाँच्न सक्दिन अब मलाई समाजले मायाले भन्दा दयाका दृष्टिले हेर्नेछ। मेरो परिवार अब समाजमा अपराधी सरह हिँड्नु पर्नेछ। न्याय पाउँला नपाउँला तर सञ्चार माध्यमका लागी म समाचारको श्रोत हुनेछ । त्यसैले कृपया ममाथि दया गरेर बलत्कार पछि हत्या गरी दिनुस्, ममा पटक पटक जिउँदै मर्ने सहस छैन अब । बिन्ती मेरो बलत्कार पछि हत्या गरी दिनुस् ।

उही तपाईंकी सायद अब हुन लागेकी सिकार अनुप्रिया जिसी

(अनुप्रिया जिसीको फेसबुकबाट साभार)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *