ओमप्रकाश गुप्ता/ प्रियास्मृती गजमेर
लमही १५ चैत । थारु समुदाय भित्रको लोक कथा ‘बुधनी’ नाटकको मञ्चन गरिने भएको छ । बालजनता माध्यमिक विद्यालय वनगाउँमा भोली र पर्सी दुई दिन नाटक मञ्चन गरिने, चार दिन विभिन्न शैक्षिक कार्यक्रमहरु हुने भएको हो । एक्टर्स स्टुडियोका कलाकारहरुले थारु लोक कथानमा आधारित नाटक‘बुधनी’ मञ्चन गर्नेछन् । यो नाटकको निर्देशन अनुप बरालले गर्नु भएको छ । विद्यालयमा कविता, नाच, चित्रकला तथा अन्य कलाको विविध कार्यशालाहरु साथै पुस्तक पठन कार्यक्रम हुने बुक्स बसका कार्यक्रम संयोजक युक्ता बज्राचार्यले जानकारी दिनुभयो । अमेरिकी दुतावासको बुक बस र सृजनालयले संयुक्त रुपमा नाटकको मञ्चन र शैक्षिक कार्यक्रम गर्न थालेका हुन् । सृजनालयका प्रशिक्षकहरुले नाच र चित्रकलाको कार्यशाला, कविताको समूह, वर्ड वरियरसँगको सहकार्यमा बुक बसले कविताको कार्यशाला गर्ने छ । जसमा बोलीचालीको भाषामा कविता लेख्न र कवितामा आफ्नो ब्यक्तिगत कथालाई उतार्न सिकाईने छ । यस्तै काठमाण्डौं विश्व विद्यालयको सेन्टर अफ आर्ट एण्ड डिजाईनसँगको सहकार्यमा चित्रकारहरुले भित्तेचित्र यात्रा, एउटा स्थानमा तयार भएको चित्रलाई अर्काे स्थानमा बनाइ प्रस्तुत गरिने छ । भाषाहरु तथा यिनका लिपीहरुबाट प्रेरणा लिएर प्रत्येक चित्रकला एउटा अक्षर र त्यससँग अनुकप्न हुने शब्द र दृश्यहरुलाई केन्द्रविन्दुमा राखेर वनाइनेछ । शिक्षा फाउण्डेसन संग सहकार्य गरेर सृजनालयले कला शिक्षा, स्थानीय कला र संस्कृतिको प्रवद्र्धनको लागी“आर्ट वर्कस् ! संगै खेलौं” नामक कार्यक्रम गर्दै आएको हो । बुधुनी नाटकको लेखन साहित्यकार कृष्णराज सर्वाहारीले २०६० सालमा गर्नु भएको थियो ।
Views: 0